२०८१ चैत्र ३ गते आईतवार
२०८१ चैत्र ३ गते आईतवार

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रू’ हुँदै, बुटवल-गोरूसिंगे सडक शिलान्यास पनि आजै

पहाडलाई तराईसँग जोड्ने सिद्धबाबा सुरुङमार्गको मुख्य ‘टनेल’को आज (शुक्रबार) ‘ब्रेक थ्रू’ हुँदैछ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा मन्दिरनजिकै गरेको बहुचर्चित सुरुङको मुख्य टनेलको ‘ब्रेक थ्रू’को सबै तयारी पूरा भइसकेको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।

उनका अनुसार ‘ब्रेक थ्रू’मा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत पुग्ने तय भएको छ । यो सुरुङ निर्माणको काम गत वर्ष माघ ४ गतेबाट शुरू भएको थियो । ‘ब्रेक थ्रू’का लागि साढे १ मिटर भाग सुरक्षित रूपमा राखिएको छ । बाँकी ब्लास्टिङ गरेपछि सिद्धबाबा मन्दिर र विद्युत् हेडवक्सतर्फबाट खन्दै आएको सुरुङको मुख एकआपसमा जोडिने छ ।

पश्चिम नेपालको प्रमुख शहर तथा आर्थिक केन्द्र बुटवल भित्रिने प्रवेशद्वारको रूपमा रहेको सुरुङ छिचोलिएसँगै पूर्वाधारको क्षेत्रमा आशाको किरण मात्र पलाउने छैन, नागरिकमा पनि एक प्रकारको ढुक्क महसुस हुनेछ । आयोजनाका अनुसार दुवैतर्फको रिबसहित सुरुङमार्गको कूल लम्बाइ एक हजार १२६ मिटरको हुने भएपनि खन्नुपर्ने टनेलको भाग भने एक हजार ८९ मिटर मात्रै हो । त्यसमध्ये साढे १ मिटर भाग ‘ब्रेक थ्रू’ का लागि बाँकी राख्दै एक हजार ८७.२ मिटर सुरुङ खनेर सकिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आज नै बुटवल-गोरुसिंगे सडकको शिलान्यास पनि गर्दै छन् । ओलीले बुटवल उपमहानगरपालिका-१३ जितगढीमा बुटवल-गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ। पहिलो चरणमा बन्न लागेको बुटवल–गोरुसिंगे खण्डको ५० किलोमिटर सडकको शिलान्यास आज हुन लागेको हो।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।