जोखीम न्यूनिकरणको लागी नपड्किने सिलिन्डर ल्याउने निगमको तयारी ।

0
424

 काठमाडौं, १० मंसिर ।  उपभोक्ताहरुको उच्च सतर्कतालाई ध्यानमा राख्दै खाना पकाउने ग्यासको सिलिन्डरमा पड्किएर हुने जोखीम न्यूनिकरणको लागी अब बजारमा नपड्किने गुण भएको सिलिन्डर ल्याईने भएको छ ।
नेपाल आयल निगमले फलामबाट बनेको परम्परागत सिलिन्डरको सट्टा आधुनिक प्रविधिको ‘कम्पोजिट’ सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ । सलाई तत्काल अनिवार्य नगरेपनि प्रयोगमा प्रोत्साहन गर्दै लैजाने नीति निगमको छ । यसका लागि सबै ग्यास उद्योगले ५ प्रतिशत ‘कम्पोजिट’ सिलिन्डर राख्नु पर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले बताएका छन् । एकैपटक पुराना सिलिन्डरको विस्थापन सम्भव हुँन नसक्ने हँदा कम्पोजिट सिलिन्डरमा उपभोक्ताको ध्यान तान्न र ग्यास प्रयोग गर्दा सुरक्षित महसुस गराउने वातारण तयार गर्न यसलाई प्रयोग ल्याउन दिने तयारी गरेको निर्देशक खड्काले जानकारी दिए । गुणस्तर तथा नापतौल विभागले झण्डै २ वर्षअघि नै कम्पोजिट सिलिन्डर प्रयोग गर्न सकिने गरी मापदण्ड बनाएको थियो । उक्त सिलिन्डर अबको केही समयभित्र नेपाल भित्रिनेछ ।