पाँच नं. प्रदेश छुट्याउने बिषयमा बिरोध प्रदर्शन ।

0
230

रोल्पा,१० मंङ्सिर ।  रोल्पामा पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउन नहुने माग गर्दै विरोध प्रदर्शन भएको छ । शुक्रबार बिहान युवा तथा विद्यार्थीहरुले विरोध र्‍याली निकालेर सदरमुकाम लिवाङ बजार परिक्रमा गरेका छन् । सर्बदलीय, सर्वपक्षीय सरोकारवालाको ब्यानरमा निकालिएको र्‍यालीमा सहभागीहरुले ५ नम्बर प्रदेश टुक्राउन पाइँदैन, संघियता मर्मबिपरितका हर्कत बन्द गर, हाम्रा माग सम्बोधन गर लगायतका नारा लगाएका थिए ।पाँच नम्बर प्रदेशबाट रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची, पाल्पा र गुल्मी तथा चार नम्बर प्रदेशबाट बाग्लुङलाई छुट्याएर सरकारले आठौं प्रदेश बनाउन प्रस्ताव गरेको छ । यस प्रस्तावको सर्बत्र विरोध भइरहेको छ ।