बनेपामा सडक दुर्घटना दुई जनाको मृत्यु ।

0
573

बनेपा, २६ मङ्सिर । काभ्रेपलाञ्चोकमा आज बिहान भएको सडक दुर्घटना दुईजनाको मृत्यु भएको छ । दमकबाट सिन्धुली हुँदै काठमाडौँ गइरहेको मे१ज २१९१ नं को टाटासुमोलाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख ३५५६ नंको टिपरले ठक्कर दिँदा सुमो खेतमा पल्टिएको थियो ।

मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार टिपर चालक फरार छन् भने टिपर नियन्त्रणमा लिइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनामा घाइते भएका अन्य नौजनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।