
गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
गृह मन्त्रालयले केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।
चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्षको मञ्चमा मन्तव्य दिएर ओर्लिने बित्तिकै मृत्यु भएको छ । राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्षको हृदयाघातका कारण मृत्यु भएको हो ।
राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिव समेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको ज्यान गएको हो । राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ ढलेका थिए ।
तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मिया फर्किन सकेनन् । मियाको उपचारको क्रममा दिउँसो २ः ४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । ३७ वर्षका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन् । मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ।
काठमाडौँ । स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु. ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौँ महानगरपालिका-२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो हार व्यहोर्नु परेको छ ।आज (शनिबार) को दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्याण्डकी नान्नापट कोन्चारेनकाईले नटआउट ६० रन बनाइन् । नेपालकी मनिष उपाध्यायले २ विकेट लिइन् ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो । नेपालका विन्दु रावल र कविता कुँवरले समान २५ रन बनाए । थाइल्यान्डकी थिपचा पुत्थावोङ्गले ३ विकेट लिइन् ।
नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डको भने यो लगातार दोस्रो जीत हो। थाइल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको थियो । प्रतियोगितामा भोलि नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।
जिल्ला अदालत काठमाडौंमा पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद (डिभोर्स)को मुद्दा दायर गरेको विवरण बाहिरिएपछि गायिका एलिना चौहानले पहिलो पटक प्रतिक्रिया दिएको भिडिओ बाहिरिएको छ।
उनले परिवारको सहमति र सल्लाहका आधारमा नै डिभोर्सको निर्णयमा पुगेको बताएकी छन्। बिहे ७ जुनीसम्मका लागि हुने बताएकी उनले हतारमा
लिएको निर्णयले दुर्घटना हुनुभन्दा स्थिति असहज हुनुअघि नै छुट्टिने निधोमा पुगेको बताएकी छन्।
गत वैशाख ५ गते बिहे गरेकी उनले सम्बन्ध लामो समयसम्म नराख्ने निधो गरेकी छन्। यस्तो छ उनको भिडिओ।
अछाम । अघिल्लो साता अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका दुई किशोरीको हत्या भएको खुलेको छ । ती दुई दुई किशोरी हत्याको कारण यौन प्रस्ताव स्वीकार नगर्दा भएको खुलेको छ । ढकारी गाउँपालिका–८ कि १५ वयर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्कालाई यौन प्रस्ताव अस्वीकार गरेका कारण ढकारी गाउँपालिका–३ का दुई किशोरले हत्या गरेको खुलेको हो ।
गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जङ्गलमा मृत भेटिएकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको छ । यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा भेटिएका थिए । घटनाको आशंका र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुई जना किशोरले किशोरीको हत्या गरेको खुलेको छ ।
पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरुले हत्या गरेको खुलेको हो । घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार घटना भएको दिन मृतकहरु बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरु पनि पुगेका थिए । उनीहरु किशोरीहरुको फोन सम्पर्कमार्फत जङ्गल पुगेका हुन् । उनीहरु प्रेमी–प्रेमिका रहेको खुलेको छ । आरोपितहरुले जङ्गलमा मृतकसँग उपहार स्वरुप चुन्नी मागेका थिए । मृतक ईशराले चुन्नी दिए पनि सरस्वतीले चुन्नी उपहार लिन नमान्दा घटान घटेको देखिएको छ ।
सरस्वतीले चुन्नी नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोरले यौन प्रस्ताव समेत राखेका थिए। सरस्वतीले उनको यौन प्रस्ताव अस्वीकार गर्दा उनलाई ढुङ्गाले हानेर हत्या गरेका खुलेको हो । सरस्वतीको हत्याको खबर गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा ईशरालाई उनकै प्रेमी १७ वर्षीय किशोरले ढुङ्गाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले केही दिन पहिले पक्राउ परेका दुई किशोरले नै उनीहरुहको हत्या गरेको बताएका छन् ।‘ किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव हो ’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने ।
उनका अनुसार मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुने गरेको थियो । उनीहरु दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुर्याइसकेको थियो तर भेट्ने मौका पाइएको थिएन । शुक्रवार गोठालो गएका बेला छिन्ने जङ्गलमा भेट्ने तय भएको थियो । पहिलो भेटमै हत्याको घटना भएको प्रहरीले जनाएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफुले लिएको निर्णयहरूबाट समस्या निम्त्याउन सक्नुहुनेछ। घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। रोकिएको धन लिनमा सफलता पाइनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उद्योग व्यापारमा नयाँ योजनाहरूलाई क्रियान्वित गर्ने उपयुक्त समय रहेको छ। संदेह भएको मामिलाहरूमा स्वविवेकको प्रयोग गर्नुहोस्। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इच्छा अनुरुप फलको प्राप्ति हुनेछ। निजी काममा भागदौड धेरै रहनेछ। धैर्य राख्नुहोस् सफलता मिल्नेछ। आध्यात्मिक क्षेत्रमा झुकाव हुनेछ। जोखिम लिनबाट बच्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानीका विभिन्न स्रोतहरू बन्नेछन्। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफ्नो गुप्त जानकारी अरूको समक्ष नखोल्नुहोस्। विद्यार्थीहरूको खेलकुदमा समय व्यतीत हुनेछ। सवारी साधन चलाउँदा कागजातको ध्यान राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुभवी मान्छेहरूको सम्पर्कमा आएर कार्यमा निखारता आउनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। लापरवाहीले गर्दा हानि हुने सम्भावना छ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा पराक्रम द्वारा अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू हार खानेछन्। मिडियाको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम सम्बन्धमा एक अर्कालाई नजानी कुनै निर्णय नलिनुहोला। परिवारिक समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ । भौतिक सुख सुविधामा धनखर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ भएको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुराना रोकिएका काम सम्पादन हुनेछन्। मनमा शान्ति र उत्साह रहनेछ। प्रेम सम्बन्ध कसिनेछ। शैक्षिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। कार्यक्षेत्रमा अरुको उपकार गर्नुभन्दा अघि आफ्नो क्षमताको विषयमा सोच्नुहोला। नोकरी वा पेशामा शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्या रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा धैर्य एवं लगनशीलताले उपलब्धि प्राप्त हुनेछ। सहयोगीहरूले सहयोग दिदा नयाँ कार्यतर्फ अग्रसर हुनुहोला। राजनीतिक समारोहमा सम्मिलित हुन सक्नुहुनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिख्न मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक संघ संस्थामा सहभागी हुन पाइएला। जग्गा जमिनको कारोबारमा भाग्यले साथ दिनेछ। ठूलो योजना पूरा गर्नमा केही समय लाग्नेछ। नमागी कसैलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवाद सम्बन्धमा तीन बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ ।सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र दिँदा संकलित व्यक्तिका सूचनामा अनधिकृत पहुँच पुग्न सक्नेतर्फ ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले गरेको रिट खारेजसम्बन्धी फैसलाको पूर्णपाठ सर्वोच्चले शुक्रबार सार्वजनिक गरेको हो । सर्वोच्चले व्यक्तिको सूचनामा पहुँच दिने कुरामा ख्याल गर्नेसहित तीन बुँदामा सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।
अधिवक्ता रामबहादुर राउतसहितले राष्ट्रिय परिचयपत्रविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सरकारले भ्याकेटको निवेदन दर्ता गराएको थियो । उक्त भ्याकेटसहित सबै रिटलाई एकै ठाउँमा राख्दै सर्वोच्चले गत माघ ६ गते रिट खारेज हुने फैसला गरेको थियो । त्यसको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको हो ।
सरकारले २०८१ जेठ २४ गते पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने निर्णय गरेको थियो । दोस्रो चरणमा माघ १ गतेबाट ३८ जिल्लामा र बाँकी सबै जिल्लामा २०८२ साउन १ गतेबाट राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो। त्यस निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट परेका थिए । सर्वोच्चले सबै रिटलाई एकैठाउँमा राखेर हेरेको थियो।
तीन बुँदे आदेशः
१, राष्ट्रिय परिचयपत्र प्राप्तिका बारेमा सबै नागरिकलाई जानकारी गराउन सूचना प्रवाह गर्ने कार्यमा थप प्रभावकारिता ल्याउने कार्य गर्न, नागरिकका वासस्थान नजिकको बिन्दुमा पुगी नेपाली नागरिकतासमेतका आधारमा नागरिकका व्यक्तिगत तथा जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र वितरणको कार्य यथाशीघ्र सम्पन्न गरी राष्ट्रिय परिचयपत्र नभएकै कारणले सार्वजनिक सेवा प्रवाहमा व्यहोर्नु परेको झन्झट, असहजता र कठिनाइको अन्त्य गर्नू ।
२, सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन तथा वितरणका लागि पर्याप्त स्टेसन वा इकाई खडा गरी कार्य गर्नू ।
३, राष्ट्रिय परिचयपत्रका विवरण वैज्ञानिक तरिकाले अभिलेखीकरण गरी व्यक्तिका सूचना अनधिकृत प्रयोग वा दुरुपयोग हुन नदिने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर प्रयोग गरी सेवा प्रदान गर्ने अन्य निकायका प्रणालीको सुरक्षा सम्परीक्षण गर्ने तथा व्यक्तिका विद्युतीय विवरण सुरक्षित र गोपनीयताको संरक्षण गरी राख्ने कुराको प्रत्याभूतिका लागि जो गर्नुपर्ने नीतिगत, कानुनी, संरचनागत प्रबन्धको विकास समेत गर्नू गराउनू ।
चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरु गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चार वटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।
केही वर्षअघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरिएको थियो ।
उनले भने, ‘अहिले हामीले दुई वटा भाले र दुई वटा पोथी गैँडा स्थानान्तरण गर्दै छौँ ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्रतिवेदनमा कसराबाट पश्चिम क्षेत्रमा ६० प्रतिशत गैँडा रहेको र उनीहरूको स्थानान्तरण गर्नसके वासस्थान सहज हुने उल्लेख थियो । स्थानान्तरण गर्दा वयस्क गैँडा गरिने उनले जानकारी दिए । उनले थपे, ‘अहिले गैँडाको निगरानी गर्ने काम भइरहेको छ ।’ गैँडा स्थानान्तरणका लागि दुई साता लाग्ने अनुमान गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोड्ने तयारी गरिएको उनले बताए । गैँडा स्थानान्तरणका लागि विभागका महानिर्देशक डा रामचन्द्र कँडेलसहितको टोली चितवन आएको उनले जानकारी दिए ।
तीन वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो । पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् ।
काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड सम्मिलत महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिदेशीय श्रृंखलामा आज (शनिबार) नेपालले थाइल्याण्डको सामना गर्दैछ । त्रिवि क्रिकेट मैदानमा खेल मध्याह्न सवा १२ बजे सुरू हुनेछ । जारी श्रृंखलामा नेपालको यो दोस्रो खेल हुनेछ ।
आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले हारेको नेपाल आज पुनरागमन गर्ने योजनामा हुनेछ । नेदरल्यान्ड्स विरुद्ध १५८ रनको लक्ष्य पछ्याएको नेपालले १३७ रन मात्र बनाउन सकेको थियो । सो खेलमा अन्डर–१९ टिमकी कप्तान तथा अलराउन्डर पूजा महतोले आक्रामक इनिङ्स खेले पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्ने सकेनन् ।
बलियो टोली थाइल्याण्डलाई पराजित गर्न आज कप्तान इन्दु बर्मा चल्नु आवश्यक छ । त्यस्तै रुविना क्षेत्री, बिन्दु रावल र सम्झना खड्काबाट टिमले राम्रो ब्याटिङ प्रदर्शनको अपेक्षा गरेको छ । सीता राना मगरको फिटनेटसमा समस्या छ ।
थाइल्याण्ड आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
उसले नेदरल्यान्ड्स विरुद्ध ८ विकेटको सहज जित हात पारेको थियो । नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य उसले १८ ओभरमा केवल २ विकेट गुमाएर पूरा गरेको थियो । आईसीसी महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय वरीयतामा थाइल्यान्ड १६ औं र नेपाल २० औं स्थानमा छ । दुई टोलीबीच खेलिएका तीन टी ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपालले थाइल्याण्डलाई हराउन सकेको छैन ।