जापान केन्द्रित शैक्षिक सेमिनारमा बिद्यार्थीहरुको चासो ।

0
429

मंसिर २८ काठमाण्डौ । सन २०१७ को जुलाई र अक्टोबरको समयमा उच्च शिक्षा हासिल गर्न जापान जान चाहने बिद्यार्थीहरुलाई केन्द्रित गर्दै एस बि एस सि एजुकेशन कन्सल्टेन्सीले सेमिनार मार्फत बिद्यार्थीहरुलाई परामर्श दिएको छ । राजधानीको पुतलिसडक स्थित आफ्नै कार्यालयमा आयोजना गरेको सेमीनारमा बिद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

????????????????????????????????????

सेमिनारमा सहभागी भएकाहरुलाई एस बि एस सि का काउन्सीलरहरुले जापान अध्यायनका लागि जांदै गर्दा ध्यान दिनु पर्ने बिषय सम्बन्धी परामर्श दिएका थिए । बिद्यार्थीहरुलाई जापानका कलेजहरुको बिषयमा जानकारी गराउनुका साथै जापानी लाईफ स्टाइलको बिषयमा सुसुचित गरिएको थियो । सेमिनारमा लामो समय जापानका कलेजहरुसंग आबद्ध भएका बिज्ञले बिद्यार्थीको चासोलाई सम्बोधन गरेका थिए । एस बि एस सि स्थापनाको १० बर्षको अबधिमा धेरै बिद्यार्थीलाई परामर्श सेवा दिंदै आएको छ ।
पछिल्लो समय उच्च शिक्षा हासिल गर्न आफ्नो रोजाईका बिभिन्न मुलुक जानेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएकाले उनिहरुलाई उचित परामर्श दिने उद्धेश्यले सेमिनारको आयोजना गरिएको एस बि एस सि का प्रबन्ध निर्देशक बुद्धि प्रसाद रेग्मीले जानकारी दिनु भयो । एस बि एस सि ले बिभिन्न समयमा अमेरीका,अस्ट्रेलिया,जापान,बेलायत,साईप्रस लगायत बिद्यार्थीको रोजाईमा परेका मुलुकको शिक्षासंग सम्बन्धीत बिषयमा जानकारी गराउने उद्धेश्यले सेमीनारको आयोजना गर्ने गरेको छ ।