२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

हवाई सेवा र उडययन प्राधिकरणसम्बन्धी विधेयक संसदमा दर्ता

काठमाडौ‌ । सरकारले हवाई सेवा र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी बेग्ला–बेग्लै विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ संसद आइतबार दर्ता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त विधेयक दर्ता गराएका हुन् । सरकारले हवाई क्षेत्र सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयक बनाएको हो। सरकारले नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउन यसअघि पनि विधेयक ल्याएको थियो ।

प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुइटा संस्था बनाउने तयारी गरिएको थियो । उक्त विधेयक राष्ट्रिय सभाबाट पारित समेत भई प्रतिनिधि सभामा आए पनि अघि बढेको थिएन । अहिले सरकारले पुनः प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुइटा संस्था बनाउने गरी विधेयक ल्याएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।