एलेप्पोमा द्धन्द रोक्न नयाँ सम्झौता ।

0
408

मंसिर ३० काठमाण्डौं बिबिसी । सिरियाली विद्रोहीहरुले पूर्वी अलेप्पोमा रहेको आफू नियन्त्रित क्षेत्र खाली गराउनका लागि उत्तर पश्चिम सिरियामा अवस्थित दुई शिया गाउँका घाइते सर्वसाधारणलाई उद्दार गर्ने गरि नयाँ सम्झौता भएको घोषणा गरेका छन्।
यसअघि भएको भनिएको एउटा युद्धविराम सम्झौता भंग भएपछि उक्त शहर छाडेर सुरक्षित स्थानमा जान लागेका विद्रोही सैनिक तथा सर्वसाधारण अलपत्र परेका थिए।
सिरियाली सरकार तथा उसको साझेदार इरानले विद्रोहीहरुले नियन्त्रणमा लिएको उत्तरपश्चिम क्षेत्रका दुई वटा गाउँमा रहेका लडाकू तथा सर्वसाधारणको उद्दार र पूर्वी अलेप्पोमा रहेका मानिसहरुको उद्दार एकसाथ अघि बढ्नुपर्ने अडान राखेका थिए।
रुस र टर्कीको पहलमा भएका सम्झौतालाई लिएर राजनीतिक संवेदनशीलता पनि व्यक्त भएको देखिन्छ।

पछिल्लो पटक विद्रोहीहरुले जानकारी दिएको सम्झौताका बारेमा सिरिया वा उसको साझेदार रुसले कुनै प्रतिक्रिया दिइसकेका छैनन्।
तर विद्रोहीहरुले बिहिबार बिहानैबाट सर्वसाधारण र घाइते सुरक्षित स्थानतर्फ जाने बताएका छन्।

सारायेभोमा भएको प्रदर्शनमा एक मुसलमान महिला
अब यसअघि फर्काइएका बस र एम्बुलेन्सले बिरामी तथा घाइते, लडाकू एवं अन्य परिवारलाई उद्दार गर्ने अर्को प्रयास अघि बढाउनेछन्।
उनीहरुलाई विद्रोहीको नियन्त्रणमा रहेको अर्को ठाउँमा लगिनेछ, जहाँ उनीहरुले आफ्नो लडाँइ जारी राख्नेछन्।
तर उनीहरुको बहिर्गमनले अलेप्पोमा चार वर्ष यता जारी द्वन्द्व अन्त्य हुन लागेको प्रष्ट संकेत दिनेछ।
सरकार समर्थक मिलिसिया समूह हेज्बुल्लाहले नयाँ सहमति भएको अस्वीकार गर्दै अझै पनि जटिलताहरु रहेको जनाएको छ।
हाल घेराबन्दीमा रहेका क्षेत्रहरुमा कति मानिसहरु फसिरहेका छन् भन्ने स्पष्ट छैन तर राष्ट्रसंघले त्यो संख्या करिव ५० हजार हुनसक्ने जनाएको छ।
तर स्थानीय सूत्रहरुले पछिल्लो पटक सरकारी नियन्त्रणमा पुगेका क्षेत्रहरुबाट भागेर आएका मानिसहरुको संख्या समेत उल्लेख गर्दा घेराबन्दीमा परेका मानिसहरुको संख्या एक लाखसम्म पुग्न सक्ने जनाएका छन्।