अस्ट्रेलियाको मेलवर्नमा नेपाल महोत्सव सुरु, नेबिसंघ सभापति महर महोत्सवमा सरिक ।

0
626

पुस २ काठमाण्डौं । अष्ट्रेलियाको मेलवर्नमा आज देखि नेपाल महोत्सव शुरु भएको छ । महोत्सवको उद्धघाटन हुनु पुर्व मेलवर्नमा नेपाली परेड प्रदर्शन गरिएको छ । नेपाली परेडमा पर्यटन मन्त्री जिवन बहादुर शाही,एन आर एन का अध्यक्ष शेष घले, पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय , अष्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदुत राजेन्द्र पाण्डे , काङ्ग्रेसका नेता नवराज गुरुङ र नेपाल बिधार्थी संघका अध्यक्ष नैनसिंह महर लगायत हजारौ नेपालीहरुको सहभागीता रहेको थियो । मेलबर्नमा नेपाल फेष्टिबल २०१६ , शुरु हुनुभन्दा अगाडी, नेपाल परेड कार्यक्रममा भएको थियो जस्ले बिश्व समुदायका नागरीकलाई नेपालको सांस्कृतिक बिबिधताले आकर्षण गरेको थियो ।

group
कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुग्नु भएका नेपाल बिद्यार्धी संघका सभापति नैनसिंह महरले उद्धघाटन कार्यक्रममा सहभागीता जनाउनुका साथै उच्च शिक्षा अध्यायनको शिलशिलामा अष्ट्रेलियमा रहेका बिद्यार्थीहरुसंग छलफल गर्ने । कार्यक्रम रहेको छ

nepal-festibal

। महोत्सवमा नेपाली खाना, कला संस्कृति र नेपाली पहिरन तथा झाँकीहरूको प्रदर्शनले अन्य मूलुकका नागरीकलाई नेपाल नजिक पुर्‍याउने विश्वास लिइएको छ । जस्बाट नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बिश्वास गरिएको छ ।मेलवर्नको फेडरेसन स्क्वायरमा आयोजीत महोत्सवमा यस पटक बिशेष कार्यक्रमका साथ महोत्सव सुरु भएको छ ।

festable

एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले महोत्सवको आयोजनाले मुलुकलाई बिश्व माझ चिनाउनुका साथै प्रवासमा नेपाली कला संस्कृति र पहिचानको प्रचार प्रचार गर्न सजिलो बताउनु हुन्छ । नेपाल भन्दा बाहिर आयोजना गरिने महोत्सवहरुमा अस्ट्रेलियामा नै संभवत सर्वाधिक सहभागीता रहने ठोकुवा गर्दै अध्यक्ष सिग्देलले ‘मुलुकको प्रर्वधनका लागि जुन कुनै मूलुकमा बसोबास गर्ने एनआरएनको कर्तब्य भएको बताउनु भयो ।’
उहांले बिदेशी संचार माध्यमलाई निमन्त्रणा गरेर नेपाल र नेपालीको पहिचान अभिबृद्धीको नौलो प्रयासको थालनी भएको बताउंदै नेपाल सरकारले घोषण गरेको घुमफिर बर्ष सफल बनाउन यस्ता महोत्सवले ठूलो भूमिका खेल्ने बताउनु भएको छ ।