२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

रिहा भएपछि रविले भने- परिवर्तनको सुरुवात चितवनबाट हुन्छ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।

रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताएका छन् । यो परिवर्तनको प्रसव पीडा भएको उनको भनाइ छ । रविले भने, ‘चितवन देवभूमि हो, परिवर्तनको सुरुवात यहींबाट हुन्छ । यो व्यक्तिका लागि होइन, परिवर्तनका लागि हो । प्रसवपीडाको बेला आमालाई जस्तो पीडा हुन्छ, त्यस्तै परिवर्तनका लागि भएको प्रसवपीडा हो । यो पीडामा कोही रुनु पर्दैन । मलाई सम्मानित अदालतप्रति विश्वास छ ।’

‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । देवता जस्ता मान्छे बस्ने ठाउँ हो यो । त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु,’ सभापति लामिछानेले भने, ‘अहिले कुम्भमेला चलेको छ भनिएको छ । हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौं पटक स्नान गर्नु बराबर हो भनेर सयौं मान्छेले भनेका छन् । त्यस्तो ठाउँ हो यो ठाउँ ।’ उनले अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गरे ।

‘यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको छ । अघिल्लो निर्वाचनमा नै व्यक्ति चुनेको होइन । देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देशव्यापी हुन्छ । परिवर्तन जन्मने बेलाको पीडा हो । परिवर्तन जन्मिएरै छाड्छ,’ रविले भने ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।