२०८२ बैशाख ६ गते शनिबार
२०८२ बैशाख ६ गते शनिबार

एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरिएको छ ।

परीक्षणका लागि आज जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयानले राजविराजका लागि उडान भरेको हो ।

भारतीय पर्यटकको हिमाल तथा कोसी नदी क्षेत्रको दृश्यावलोकनप्रति बढ्दै गएको रुचिलाई दृष्टिगत गरी मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अल्ट्रालाइट वायुयान सञ्चालन गराउन नागरिक उड्ड्यन प्राधिकरणलाई आग्रह गरे ।

प्राधिकरणका सहनिर्देशक देवचन्द्रलाल कर्णले एभियाक्लबको अल्ट्रालाइट वायुयानले सगरमाथाको चुचुरो देखिने गरी जनकपुरबाट राजविराजका लागि आज उडान भरेको जानकारी दिए ।

उनले सो उडान सफल र व्यावसायिक रूपमा नाफामूलक देखिएमा भविष्यमा राजविराज विमानस्थललाई केन्द्र बनाई सगरमाथा दर्शनका लागि परिचालन गरिने उल्लेख गरे ।

हेलिकोप्टरबाट सगरमाथाको दृश्यावलोकन महँगो भएको र जहाजबाट दृश्यावलोकनको पूर्ण आनन्द प्राप्त गर्न नसकिने हुँदा तुलनात्मक रूपमा अल्ट्रालाइट वायुयान पर्यटकका लागि सस्तो र आकर्षक हुने कर्णले विश्वास व्यक्त गरे । एक यात्रु लिएर उड्ने अल्ट्रालाइट वायुयानबाट सगरमाथा दर्शन गर्न प्रतिव्यक्ति १५ हजारसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घन्टापछि एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

प्रसूति व्यथा लागेको १८ घन्टापछि भोटखोला–४ नामासे की ३६ वर्षीया याङजम भोटेलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थान अझै यातायातको पहुँच पुगेको छैन।

प्रसूति व्यथापछि बुधबार नामासे सामुदायिक स्वास्थ्य इकाईमा भर्ना भएकी भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पु भोटेले जानकारी दिए।

प्रसूति व्यथा लागेको १८ घण्टापछि भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँको थापाथली प्रसूति गृहमा पठाइएको उनले बताए। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा लैजाने व्यवस्था मिलाउने गरेको छ।

भौगोलिक विकटताका कारण यहाँ नजिक वर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको सुविधा छैन। यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार समस्या हुँदै आएको छ। जिल्लामा हवाई उद्दार कार्यक्रमअन्र्तगत विसं २०७७ देखि हालसम्म २४ जनाभन्दा बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयकी भवानी तिम्सिनाले बताइन्। उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवती १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका रहेकाे उनले जानकारी दिइन्।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।

रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताएका छन् । यो परिवर्तनको प्रसव पीडा भएको उनको भनाइ छ । रविले भने, ‘चितवन देवभूमि हो, परिवर्तनको सुरुवात यहींबाट हुन्छ । यो व्यक्तिका लागि होइन, परिवर्तनका लागि हो । प्रसवपीडाको बेला आमालाई जस्तो पीडा हुन्छ, त्यस्तै परिवर्तनका लागि भएको प्रसवपीडा हो । यो पीडामा कोही रुनु पर्दैन । मलाई सम्मानित अदालतप्रति विश्वास छ ।’

‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । देवता जस्ता मान्छे बस्ने ठाउँ हो यो । त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु,’ सभापति लामिछानेले भने, ‘अहिले कुम्भमेला चलेको छ भनिएको छ । हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौं पटक स्नान गर्नु बराबर हो भनेर सयौं मान्छेले भनेका छन् । त्यस्तो ठाउँ हो यो ठाउँ ।’ उनले अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गरे ।

‘यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको छ । अघिल्लो निर्वाचनमा नै व्यक्ति चुनेको होइन । देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देशव्यापी हुन्छ । परिवर्तन जन्मने बेलाको पीडा हो । परिवर्तन जन्मिएरै छाड्छ,’ रविले भने ।

काठमाडौं । सरकारले बजेटको आकार १ खर्ब ६७ अर्ब रुपैयाँले घटाएको छ ।

बिहीवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६७ करोड रुपैयाँले घटाउनुभएको हो । पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याउनुभएको थियो ।

तर अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विनियोजित बजेटको १६ खर्ब ९३ अर्ब ७३ करोड ३५ लाख मात्रै खर्च गर्ने संशोधित अनुमान रहेको बताउनु भयो । यो शुरु बजेट अनुमानको ९०.१९ प्रतिशत हो । उक्त रकममध्ये चालु खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ६३ करोड रहेको छ ।

 

अर्थमन्त्री चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले तरलता र न्युन ब्याजदरको सुविधाले आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अनुमान रहेको बताउनु भयो। उहाँले बढ्दो अनिवार्य दायित्व र प्राकृतिक विपत्तिले सिर्जित थप दायित्वले बजेट सन्तुलन कायम गर्नु चुनौतिपूर्ण रहेको पनि उल्लेख गरे ।

उनले चालु आर्थिक वर्षको पुससम्म राजश्व परिचालन १२.७ प्रतिशतले बढेको र आर्थिक वर्षको अन्त्यसम्म बजेटको लक्ष्यनजिक पुग्ने अनुमान समेत गरे । उनले विनियोजनको ९०.९९ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान प्रस्तुत गरे ।

उनले चालु खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड मात्रै खर्च हुने अनुमान रहेको बताउनु भयो । उनले चालु आवमा ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो । संशोधितत अनुमान ९०.२४ प्रतिशत हो । पूँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख खर्च हुने संशोधित अनुमान रहेको उल्लेख गरे ।

उनले उक्त संशोधित अनुमान विनियोजनको ८५ प्रतिशत रहेको बताए । उनले वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख खर्च हुने अनुमान रहेको बताए ।

अर्थमन्त्री पौडेलले वर्तमान सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ६ अर्ब ९ करोड ११ लाख रुपैयाँ राजश्व परिचालन संशोधित अनुमान गरेको बताए । उनले बजेटले चालु आर्थिक वर्षम १२ खर्ब ६० अर्ब ३० करोड राजश्व परिचालन गर्ने लक्ष्य लिएको तर यस्तै आन्तरिक ऋण लक्ष्यअनुसार नै ३ खर्ब ३० अर्ब परिचालन हुने बताए । उनले वैदेशिक अनुदान ३६ अर्ब ६२ करोड ६८ लाख मात्रै परिचालन हुने संशोधित अनुमान रहेको बताउनु भयो। उहाँले बजेटले वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड प्राप्त हुने लक्ष्य लिएको थियो ।

यस्तै वैदेशिक ऋणको लक्षय पनि संशोधन गरेको छ । चालु आवमा १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख परिचालन हुने संशोधित अनुमान गरेको छ । बजेटले वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने लक्ष्य लिएको थियो ।

 
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवन रत्ननगर नगरपालिका-८ की २८ वर्षीया अस्मिता आचार्यलाई ‘हनी ट्रयाप’ मा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।
 
अस्मिताले इलेक्ट्रोनिक सामान मर्मत गर्ने व्यक्तिलाई राइस कुकर मर्मतको बहानामा पटक-पटक बोलाई, मागेको रकम नदिए जबरजस्ती करणीको मुद्दामा फसाउने धम्की दिँदै १० लाख रुपैयाँ असुल्ने प्रयास गरेको आरोप छ।
 
उनले ३ लाख रुपैयाँ चेकमार्फत लिएकी थिइन् भने बाँकी ७ लाख एक हप्ताभित्र बुझाउने सर्तमा सहमति भएको थियो।
 
प्रहरीले उनलाई कुलेश्वरबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाएको छ।

काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठेकदार कम्पनीसँग मिलेमतोमा सामान आपूर्ति गरी घुस लिएको अभियोगमा आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

१२ करोड ४२ लाख ८० हजार रुपैयाँको सामान खरिद गर्दा उनले तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । घुस दिने आपूर्तिकर्ता कम्पनी एक्टर्स कम्प्युटर्स नेपाल प्रालिका सञ्चालक दिपक आनन्दलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशन रहँदा सो कम्पनीसँग सेक्युरिटी अप्लायन्सेस तथा नेटवर्क इक्विपमेन्टसम्बन्धि सामान खरिद गरेका थिए ।

सामाद खरिद गर्दा आपुर्तीकर्ता कम्पनीसँग मिलेर स्पेशिफिकेसन बनाएको र जसमा एक्टर्स कम्प्युटर्स नेपाल प्रालि मात्र छनोट भएको थियो । उसलाई मात्र मिल्ने गरी स्पेशिफिकेसन बनाएकाले लागत अनुमान भन्दा एक प्रतिशत मात्र कममा बोलपत्र हालेर सो ठेक्का दिइएको थियो । स्पेशिफिकेसन बनाउनेदेखि भुक्तानी दिनेसम्मका काममा पौडेलको प्रत्यक्ष मिलेमतो देखिएको आयोगले जनाएको छ । घुस रकम अमेरिका र भारतको बैंक खातामा लिएको अभियोगपत्रमा उल्लेख छ । हाल डिल्लीबजार कारागारमा रहेका पौडेलविरुद्ध यसअघि पनि भ्रष्टाचारका मुद्दा दायर भएका थिए । केही मुद्दामा उनी दोषी समेत ठहर भइसकेका छन् ।

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई  ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

योसँगै लामिछानेले अदालत बुझाएको धरौटी रकम २ करोड ७९ लाख पुगेको छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा कास्की अदालतले उनीसँग ६५ लाख रूपैयाँ धरौटी लिएको थियो। बुटवलको सुप्रिम सहकारीले उनीसँग १ करोड धरौटी लिएको थियो

त्यस्तै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख रूपैयाँ धरौटी मागेको थियो।

लामिछानेविरूद्ध अझै पर्सामा सानोपाइला सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता हुन बाँकी छ।

चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई  ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।

कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतविरुद्धमा सधैँ रहेको प्रस्टीकरण दिएका छन् । 

सत्यन्द्र राम र नेहा रौनियारबीच भएको विवाहसम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासो र सदनमा उठेको विषयबारे प्रष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् । 

‘छुवाछुत तथा भेदभावविरुद्धको हक एवम् व्यक्तिको नैसर्गिक मानवअधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ,’ संसद् बैठकमा उनले भने, ‘म अत्यन्त ज्यादा संवेदनशील छु । म कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहने छु । र रहेको छु ।’

अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र र नेहामाथि गृहमन्त्री लेखककै निर्देशनमा अत्याचार भएको आरोपका बारेमा सांसदहरूले बिहीबारको संसद् बैठकमा चासो राखेका थिए ।
 
सांसदहरू शिव नेपाली, अनिशा नेपाली, शान्ति विक, हर्कमाया विक, रनेन्द्र बराइलीलगायतले गृहमन्त्री लेखकको जवाफ माग गरेका थिए ।

गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे  । 

उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए  । 

आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रस्ट पारे । 

‘अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रस्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर गर्छ’, गृहमन्त्री लेखकले भने ।
 
तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उनले सञ्चारमाध्यमसँग अनुरोध गरे ।

 प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै यसबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्णपाठ

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।