२०८२ असार ३० गते सोमबार
२०८२ असार ३० गते सोमबार

उपभोक्ताले तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट

देशकै ठूलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । 

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमुना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । 

गत बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजारमा सर्लाहीबाट भित्रिएका दुई गोलभेँडाको नमुना परीक्षणको रिपोर्टमा खान नहुने विषादी भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ । परीक्षणको रिपोर्टमा अर्गानोफन्टफेट नामक विषादीको अवशेष ८३.६५९ र ७२.७५३ प्रतिशत भेटियो ।

प्रयोगशालाले सर्लाहीका दुई किसान प्रेम गोपाली र धानचरी लामाले ल्याएको गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहान ६ बजे रिपोर्ट बुझायो । समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा ८ बजे पुग्दा घातक विषादी भेटिएको गोलभेडा सबै बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेको थियो । थोरै बाँकी रहेको गोलभेडा समितिको नेतृत्वमा नष्ट गरियो । 

कालीमाटी समितिका अनुसार बजारमा सामान्यतया तरकारी राति १२ देखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ३ बजेदेखि ६र७ बजेसम्म बजारमा भित्रिएको लगभग सबै तरकारी स्थानीय बजार, खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसक्छ । 

तरकारी भान्सामा पु¥याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय प्रयोगशाला अन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार्छन् । 

कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले पनि हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको प्रभावकारिता कमजोर हुँदै गएको बताए। राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पुर्‍याउन थालिन्छ । प्रयोगशालाका कर्मचारी ६र७ बजे आएर नबिकेका तरकारीको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही अर्थ हुँदैन । गोरखापत्र दैनिकमा समाचार छ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।