२०८२ बैशाख ६ गते शनिबार
२०८२ बैशाख ६ गते शनिबार

‘हिमचितुवा’ उपनामले चिनिने नेपाली किक बक्सर अविरल घिमिरेले किक बक्सिङ क्षेत्रमा एकपछि अर्को कीर्तिमान बनाउन सफल भएका छन्। ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वारा जापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियममा आइतबार आयोजित ‘के वान वर्ल्ड म्याक्स २०२५’ प्रतियोगितामा जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी भएका छन्।

कात्तिक ११ मा इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एशोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा बक्सर घिमिरेले प्रतिद्वन्द्वी फ्रान्सका एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वर्ल्ड च्याम्पियन’ भएका थिए।

उक्त सफलतासँगै बक्सर घिमिरे के वान किक बक्सिङमा तीन खेल जित्दै, इस्का र हिट किक बक्सिङ प्रतियोगिताको विश्वविजेता खेलाडी बन्न सफल भएका छन्।

म्याक्सको उपाधि चुमेपछि बक्सर घिमिरेले जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसला प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई धन्यवाद दिएका छन्।

बक्सर घिमिरेले ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगितामा जित निकाल्ने क्रममा तेस्रो राउण्डमा प्रतिस्पर्धी सिरासुलाई पराजित गरेका हुन्।

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्डस्, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका चर्चित खेलाडी घिमिरेले पुनः अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका हुन्।

उनी जापानको नागोया सहरमा पिता देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन्। उनी पिता देव पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक करातेका खेलाडी छन्। उनले प्रतियोगितामा भाग लिनुपूर्व थाइल्याण्डको टाइगर मुवाथाइ क्लबमा एक महिनाको विशेष प्रशिक्षण लिएका थिए।

बक्सर घिमिरेका पिता देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा करातेतर्फ सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी छन्। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बू निवासी उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले सरकारले ल्याएको अध्यादेशको पक्ष र विपक्षमा आफ्नो धारणा राखेका छन् । बैठकको विशेष समयमा सत्तापक्षका सांसदहरुले अध्यादेशको समर्थन गर्दै यसले निजी क्षेत्र र जनतलाई उत्साहित बनाएको बताए । प्रतिपक्षी दलका सांसदहरुले भने सरकारले संसद् छलेर अध्यादेश ल्याएको आरोप लगाए ।

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले भूमिसम्बन्धी अध्यादेशमा केही प्रश्न उठेको उल्लेख गर्दै सरकारले त्यसलाई प्रतिस्थापन विधेयकबाट सच्याउनुपर्ने बताए ।

उनले अघिल्लो सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका र वर्तमान सरकारले यससम्बन्धी ऐन ल्याउँदा आपसी संवाद तथा सरोकारवालासँग खुला संवाद गरी नल्याएकामा असन्तुष्टि व्यक्त गरे ।

“खुला संवाद भएको भए एक्स्टोर्सन, सेक्सटोर्सन, डिप फेक, साइबर बुलिङ, मिस इन्फरमेसन र डिस इन्फरमेसनका सन्दर्भमा कानुनमार्फत यसलाई के–कसरी अन्त्य गर्न सकिन्छ भन्नेमा सिङ्गो समाज एक ठाउँमा आउँथ्यो होला”, उले भने,“सामाजिक सञ्जाल प्रयोगकर्ताले यसमा विमतिको विषय राख्नेभन्दा पनि विषयवस्तुको गहनता र सामाजिक सञ्जाललाई मर्यादित बनाउनेतर्फ लाग्थे होला, तर अभिव्यक्ति स्वतन्त्रतालाई नै असर पर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन ।”

एमाले सांसद पदम गिरीले सत्तामा रहँदा र बाहिर हुँदा फरक ढङ्गले प्रस्तुत हुने प्रवृत्ति अब बदल्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले बदनियतपूर्ण ढङ्गबाट स्वार्थ समूहको हितमा अध्यादेश ल्यायो भनेर भन्नु बिडम्बना भएको बताए ।

“निजी क्षेत्रले अध्यादेशको खुला रुपले समर्थन गरेको छ, यसबाट निजी क्षेत्रलाई आशा जगाउने स्थिति बनेको भनी उहाँहरुले सरकारलाई धन्यवाद दिनुभएको छ”, सांसद गिरीले भने,“अध्यादेशबाट उद्योगी व्यवसायी, सूचना प्रविधि क्षेत्रका जनशक्ति, मजदुर र किसान खुसी छन्, उद्योगी व्यापारी र जनता खुसी हुन्छन् भने तपाईंहरु दुःखी हुनुपर्ने कारण के हो ?”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले अध्यादेशमार्फत कानुन बनाउने बाटो छाडेर सदनको प्रक्रियाद्वारा सरकार अघि बढ्नुपर्ने बताए । उनले ३१ कानुन संशोधन गर्न अध्यादेश ल्याइनु संविधानविपरीत भएको बताए ।

“संविधानमा बाधा अड्काउ फुकाउका निम्ति, संसद् बस्ने स्थिति रहेन, देशलाई कानुन चाहियो भने मात्रै अध्यादेशको परिकल्पना गरिएको हो ?”, सांसद पौडेलले प्रश्न गरे,“एकतीस ३१ कानुन बनाउँदा संसद्को वास्ता नै नगरिकन ल्याउन कहाँ भनिएको छ ?”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्ना पार्टीका नेता रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेर विभिन्न मुद्दा दर्ता गराइएको जिकिर गर्दै उनीमाथि गरिएको निलम्बन फुकुवा गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले वैध तथा अवैध बाटोबाट अमेरिका पुगेका नेपाली नागरिक त्यहाँको पछिल्लो आप्रवासी कानुनी प्रावधानका कारण अलपत्र परेका उल्लेख गर्दै उनीहरुका बारेमा नेपाल सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानद्वारा सल्यानमा आयोजित दोस्रो सल्यान महोत्सवमा आगलागीबाट ठूलो धनराशिको नोक्सान भएको जिकरि गर्दै उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले भूमिसम्बन्धी अध्यादेशका केही बुँदामा आफ्नो पार्टीको असहमति रहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकमार्फत ती विषय सच्याइनुपर्नेमा जोड दिए ।

जनमत पार्टीका सांसद अब्दुल खाँनले भारतीय सीमावर्ती जङ्गलबाट आउने जनावरको आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकलाई क्षतिपूर्ति र भरणपोषणका लागि भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले नागरिकतासम्बन्धी समस्या झेलिरहेका नागरिकलाई न्याय दिन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन विधेयकलाई सच्याएर जानुपर्नेमा जोड दिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशी नागरिकता भएका कोहीलाई नेपालीका नाममा मतदानका अधिकार दिनु देश र जनताको हितमा नभएको बताए । एमाले सांसद ऋषिकेष पोखरेलले किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले अवकाशको ४० दिन अगाडि नै राजीनामा दिएका छन्। अवकाशमा जान ४० दिन बाँकी छँदै उनले शुक्रबार नै राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।

केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । उनी हालका प्रहरी प्रमुख आईजीपी बसन्तबहदुर कुँवरकै ब्याजी हुन् । उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस १७ गते बढुवा समितिले कुवेर कडायत र उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। बढुवासँगै उनी प्रदेश समन्वय विभागमा पदस्थापन भएका थिए । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गर्नेछ।

 
 
 
 

काठमाडौं । पूर्वी ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माण विवादमा आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच वार्ता हुने भएको छ । सोमबार साँझ ६ बजे मन्त्रालयमा मन्त्री लेखक र आन्दोलनरत पक्षबीच छलफल हुने नेकपा एमालेका सांसद योगेश भट्टराईले जानकारी दिएका छन्।

सांसद भट्टराईले आइतबार आन्दोलनरत पक्षसँग संवाद गरेको पनि बताएका छन्। ‘आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधीन पाथीभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहाद्रपूर्ण संवाद गरियो । उहाँहरूका कुरा सुने । मेरा कुरा भनें,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । भट्टराईले वार्ता समितिसँग निरन्तर छलफल गरेर वार्तामार्फत नै समस्याको समाधान गर्न अनुरोध गरेका छन्।

‘उहाँहरूले माननीय गृहमन्त्री ज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्री ज्यूलाई अनुरोध गरे,’ उनले लेखेका छन्, ‘माननीय गृहमन्त्री ज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु ।’ आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आज तय भएको वार्ता भाँडिएको थियो ।

आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरु मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँग मात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए । उनीहरुले आज साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए भोलिदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते आज विस्तृत बैठक बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।

काठमाडौँ । काठमाडौंको दक्षिणकालीमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका–४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बा १क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आइतबार साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा ४१ जना घाइते भएका छन् ।

घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वयोदा अस्पतामा ५, नगर अस्पताल दक्षिणकालीमा ३, कीर्तिपुर अस्पतालमा ५, शहीद अस्पतालमा ३, ट्रमा सेन्टरमा १२, मेडिसिटी अस्पतालमा ७, मनमोहन अस्पतालमा ५ र नर्भिक अस्पतालमा १ उना घाइतेहरूको उपचार भइरहेको छ ।

काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँको भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्वको बस्नेतको परिवारका सदस्यका नाममा विभिन्न बैङ्क तथा वित्तिय संस्था र सहकारी संस्थामा रहेका खातामा सुरु मौज्दात बापतको रकम, पारिश्रमिक, दैनिक भ्रमण भत्ता लगायत निजका एकाघर परिवारका सदस्यको कुल आय १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपियाँ रहेको छ।

आयोगका अनुसार बस्नेतको सोही अवधिमा जाँच गर्दा व्ययतर्फ जग्गा खरिद, घर निर्माण खर्च तथा मर्मत, अपार्टमेन्ट खरिदका लागि बुकिङ्ग प्रयोजनमा भएको खर्च तथा लगानी लगायतको रकम २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपियाँ रहेको देखिएको छ। 

सो अवधिमा कुल आयभन्दा खर्च बढी देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। कुल खर्च तथा लगानी रकम आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँ बिगो कायम गरी बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद र बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ। 

बस्नेतले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट निजको श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात रकम, खरिद गरिएका घरजग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।  

धनुषाको एउटा विद्यालयका प्रधानाध्यापक र राहत शिक्षकबीच पेश्की रकम विवादमा कुटाकुट भएको छ।

कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच पेश्की रकम माग बमोजिम दिने र लिने काम नहुँदा विवाद चर्किएपछि हात हालाहालमा पुगेको थियो।

रोहितले पेश्की रकम ५० हजार माग गरेका थिए तर प्रधानाध्यापकले २५ हजार मात्र दिने भएपछि विवाद भएको थियो।

उक्त विवाद र कुटाकुटका कारण विद्यालयमा होहल्ला भएपछि पठनपाठन समेत प्रभावित भएको छ।

 

काठमाडौँ । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै अनलाइन टिभी पत्रकार संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पारित गर्न नहुने भन्दै संघ अहिले आन्दोलित छ । विरोधको क्रममा उनीहरूले आलोचनाको अधिकार खोस्न पाइँदैन, जनताको मुख थुन्न पाइँदैन लेखिएको प्लेकार्ड बोकेका थिए ।

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अंकले घटेको छ । आज नेप्से ०.४२ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेको छ । 

आज नेप्से घट्दा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर कारोबार भएको छ ।
 
आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३०५ वटा कम्पनी कारोबारमा आउँदा ८४ हजार २८० पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने १० समूह घटेको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.३९ प्रतिशत बढेको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले बढेको छ । 

आज बसैभन्दा बढी विकास बैंक समूह १.३५ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.२४ प्रतिशतले घटेको छ ।

काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट एक चार वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन्। बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् ।

बालकलाई कलंकीस्थित मेची गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले जानकारी दिए। आरोपीले सो गेस्ट हाउसमा बालकलाई बन्धक बनाएका थिए । कलंकीको होटलबाट उद्धार गरिएका बालकलाई पञ्जाल लैजाने तयारी रहेको खुलेको छ । अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको एक अनुसन्धान अधिकृतले बताए ।

त्यसका लागि बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत पाइएको प्रहरीको भनाइ छ । अपहरण आरोपमा पक्राउ परेका २३ वर्षीय नागरिक भियतनामको चाइवाङ सिटीका उनी २७ डिसेम्बर २०२३ मा नेपाल आएको प्रहरीको भनाइ छ । ११ दिन नेपाल बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए । २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै पुन नेपाल आएर बसोबास गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।

भारतबाट नेपाल आएपछि उनी स्वयम्भूस्थित एक होटलमा दुई महिनासम्म बसेका थिए । ठमेलेस्थित एक होटलमा एक हप्ता बसे । ठमेलको होटलमा एक हप्ता बसेपछि उनी बानेश्वरस्थित कात्यानी चोकमा रहेको ग्राण्ड अल्फ्रेन्सको ब्वाइज होस्टलबा बसेको एक अनुसन्धान अधिकृतले बताए । काठमाडौंमा ठाउँ फेरि फेरि बसेका उनी स्वयम्भू, बौद्ध, कपन लगायत गुम्बाहरुमा लामा भासा सिक्न भन्दै जाने समेत गरेका थिए । घुमफिरमा भने उनी अक्सर ललितपुरको पाटन दरबार स्क्वायर जाने गरेको पाइएको छ ।घटनाबारे पत्रकार सम्मलेन गरेर जानकारी गराउने तयारी प्रहरीले गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।