२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

बाबुआमासँगै बालबालिका पनि मुगलान

सुर्खेतसँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकामा दुई हजार ७३३ जनसङ्ख्या छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको एक हजार १२१ छ । जसमध्ये बालक ६३० र बालिका ४९१ जना छन् । एउटा माध्यमिक र पाँच वटा प्राथमिक विद्यालय रहेको यस वडामा कुल विद्यार्थी ८७७ जना छन् । विद्यालयको तथ्याङ्क अनुसार ८० जना विद्यार्थी विद्यालय नै आउँदैनन् । तीमध्ये अधिकांश विद्यार्थी कक्षा ४ देखि ८ सम्मका छन् । उनीहरू बाबुआमासँगै भारत (मुगलान) गएका छन् ।

गाउँपालिकाको तल्लो डुङ्गेश्वरमा रहेको महादेव माविमा ४८० विद्यार्थी छन् । तीमध्ये २० जना विद्यार्थी भारतमा छन् । बिपी प्राविमा भर्ना भएका एक सय विद्यार्थीमध्ये २० जना विद्यालय आउँदैनन् । दुर्गादेवी प्रावि पुरैनीमा भर्ना भएका ७१ जनामा पाँच जना विद्यार्थी अभिभावकसँगै भारत गएका छन् । भैरव प्रावि रानीवन सेरिबाडामा भर्ना भएका ५३ जना विद्यार्थीमध्ये १० जना, भगवती प्रावि सेरिबाडामा भर्ना भएका ३२ जनामध्ये छ जना, भैरव प्रावि लमचुडीमा १४१ विद्यार्थीमध्ये १८ जना बालबालिका बाबुआमासँगै भारत गएका छन् ।

विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर मुगलान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ । जसले गर्दा बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छ । स्थानीय दलबहादुर विकले रोजीरोटीका लागि मुगलान जानुको विकल्प नभएको बताउछन् । गाउँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमै आश्रित छन् । दलित समुदायको बाहुल्य रहेको यस वडाका मानिसहरू भारत जाँदा सपरिवार जाने चलन छ । भारतमा जसले जे काम पायो त्यही गर्ने र केही कमाइ गरेर नेपाल फर्कने उनीहरूको चलन पनि हो ।

विद्यालयमा अनुपस्थित विद्यार्थी बाबुआमासँगै भारतका विभिन्न ठाउँमा गएको पाइएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।