फागुन, १४ काठमाडौं । संयुक्त विद्यार्थी संघर्ष समितिले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा तालबन्दी गरेका छन् । समितिको तालाबन्दीपछि आरआर क्याम्पसमा स्वावियु चुनावको प्रक्रिया रोकिएको छ ।
आउँदो बुधबार हुने भनिएको स्ववियु चुनावका लागि शनिबार उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका थियो । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्ष र स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उम्मेद्वार बन्न पाउने तर परीक्षा दिएपछि पद स्वतः खारेज हुने व्यवस्था गरेको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
अखिल क्रान्तिकारी तथा नेपाल विद्यार्थी संघसहितका विद्यार्थी संगठन रहेको संघर्ष समितिले यो व्यवस्था खारेज गर्न माग गरेका छन् । त्रिविले गरेको व्यवस्था विद्यार्थी हकहितको पक्षमा नरहेको संघर्ष समितिको भनाई छ ।