अब हावाबाट चल्ने कार बजारमा

0
441

एजेन्सी । तपाइले डीजल, पेट्रोल र गैसोलीनबाट चल्ने गाडी त पक्कै देख्नु भएको होला । भविष्यमा पानी, बैटरी र हाइड्रोजनबाट चल्ने कारपनि बजारमा आउने तयारीमा रहेका छन् । यसैबीच भारतको टाटा कम्पनीले हावाबाट चल्ने कार बजारमा ल्याउने भएको छ ।

टाटा कम्पनीले मोटर डेवलपमेन्ट इन्टरनेसनल (MDI)मिलेर हावाबाट चल्ने कार बजारमा ल्याउने तयारी गरिरहेको छ । एक रिपोर्टका अनुसार आगामी ३ वर्षमा उक्त कार बजारमा आउने छ । कार अन्य कार भन्दा निकै हल्का हुने उक्त कार एल्युमीनियम फ्रेमको बनाइने भएको छ । यो कार ७० रुपैंया भारुमा २०० किलोमिटर सम्म चल्ने छ । आधिकारिकरुपमा कारको मुल्य लगायतका अन्य जानकारी अहिले सम्म कम्पनीले दिएको छैन ।