
नेपाल विद्युत् प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफूहरूको गल्ती रहेको स्वीकार गरेको छ ।
बुधबार दिउँसो बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी जलमग्न बनेको छ ।
यो क्षेत्रमा विद्युत् प्राधिकरणले सडकमा विद्युत्लाइन भूमिगतको काम गरिरहेको थियो । उक्त काम गर्ने क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवस पाइपलाइनमा क्षति पुगेको विद्युत् प्राधिकरणले स्वीकार गरेको छ ।
उक्त विद्युत् भूमिगतको काम निर्माण कम्पनी के.ई.आईले गरिरहेको छ ।
कम्पनीका सुपरभाइजर अविनाश बकुमारले आफूहरूकै गल्तीका कारण पाइपलाइनमा क्षति पुगेको स्वीकार गरेको केयूकेएलका आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।
‘वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानिवस मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी के. ई. आई. का सुपरभाइजर अविनाश कुमारले स्वीकार गर्नुभएको छ,’ श्रेष्ठले विज्ञप्ति जारी गर्दै बताएका छन् ।
जी.आई.एस. म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको आयोजनाले जनाएको छ ।
काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडकखण्डमा पिकनिक गएर फर्किएको स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
साँखु आउँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चावहिल स्थित एसएस एकेडेमीको रिजर्भ आएको बस बेर्क फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र शुसाङ्क डोटेल रहेका छन् भने दुई जनाकाे पहिचान नखुलेकाे प्रहरीले जनाएकाे छ । उनीहरुमध्ये चार जनाकाे शंखरापुर अस्पताल र अरु दुई जनाकाे नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरी निरीक्षक नविन चुदालिको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुको नामः
१) फिलिप लामा बर्ष १०
२) प्रजोल थापा बर्ष १०
३) भिम तामाङ बर्ष ११
४) राम पररियार बर्ष १६
५) सुजन मगर बर्ष १६
६) सिरिसा सिवेदि बर्ष १२
७) प्रकाश बम बर्ष १६
८) साधन बिष्ट बर्ष १२
९) आराध्या शाह बर्ष १०
१०) आशिस तामाङ बर्ष १५
११) स्नेहा राइ बर्ष २१
१२) गंगा ज्वति बर्ष ४२
१३) रन्जित थापा बर्ष १३
१४) सुहाना गुभाजु बर्ष १३
१५) श्रिसान्त पौडेल बर्ष १५
१६) कल्पना रेज्मि बर्ष ३२
१७) बिकल्प श्रेष्ठ बर्ष १०
१८) नाइस्का पाण्डे बर्ष २३
१९) सुविता तामाङ बर्ष १४
२०) निशान्त पौडेल बर्ष १४
२१) सोगात मगर बर्ष १४
२२) अबित खान बर्ष १०
२३) अंकित नेपाल बर्ष १५
२४) रिदम थापा बर्ष १५
२५) शक्सेस खड्का वर्ष १३
२६) गोमा थापा वर्ष ३७
२७) सनसाइन तामाङ वर्ष १०
२८) निशम राई वर्ष ९
२९) समिर तामाङ वर्ष १५
३०) सन्यम महर्जन वर्ष १९
३१) रितिका खत्री वर्ष १४
३२) जनिस दाहाल वर्ष १२
३३) अभिषेक मोक्तान वर्ष १५
३४) मिनु राई वर्ष १६
३५) रोहन अधिकारी वर्ष १३
३६) सुबिना तामाङ
३७) रोहन अधिकारी
३८) प्रबत दास वर्ष १६
३९) युनिसा थामी वर्ष १५
४०) सुशिला तामाङ
काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने भएको छ । अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्वीकार्न नसक्ने बताएका छन् ।
यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको निष्कर्ष छ ।

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका छन् ।
प्राधिकरणले बिजुलीको तारलाई भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको मन्त्री यादवले बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् ।
‘विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको हो । विद्युत् प्राधिकरणले हामी र केयूकेएलसँग नसोधी काम गर्यो । त्यसकै कारणले यस्तो घटना घटेको हो,’ मन्त्री यादवले भने, ‘लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ ।’ उनले पाइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताएका छन् । ‘पाइपको पानी सबै सकिएपछि मात्रै रोकिन्छ,’ उनले भने ।
काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्चीको पाइप फुटेपछि अदालतका सुनुवाइ नै स्थगित भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेपछि जिल्ला अदालत काठमाडौं र विशेष अदालतमा पानी पसेको हो । पानी पसेपछि सुनुवाइ नै स्थगित भएको विशेष अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार पानी पसेपछि बाहिर निस्किन सक्ने अवस्था छैन । ‘साढे दुई बजेपछि अदालत परिसरमा पानी पस्यो । केहीबेरमा अदालतभित्रै पनि पानी पस्यो,’ रेग्मीले भने, ‘फाँटमा पनि पानी पसेपछि सुनुवाइहरू स्थगित गर्नुपर्यो ।’ अदालतमा न्यायाधीशहरू पनि त्यहीं फसेका छन् । अहिले सुरक्षाकर्मीहरू त्यहाँ पुगेका छन् ।
काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि ढल फुट्दा सडक जलमग्न भएको छ।
ढलको फोहोर पानी सडकभरि फैलिँदा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रुहरूलाई हिँडडुल गर्न समस्या परेको छ।
ढल फुटेर आएको पानीले सडकभरि बाढीजस्तै देखिएको छ। सडकमा पानी जम्दा यात्रुहरू अड्किएका छन् भने सवारी साधन जाममा परेका छन्।
यात्रुहरूलाई असहजता भएपछि ट्राफिक प्रहरीले वैकल्पिक व्यवस्था गर्न प्रयास गरिरहेको छ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
बुधवार बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख वसन्त कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले सो निर्देशन दिएका हुन् ।
धनुषाको जनकनन्दनी गाउँपालिका–५ मा सासुको हत्या गरेको अभियोगमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।
६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।
घरायसी वादविवादको क्रममा उनीहरूबीच झै–झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको थियो।
इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षाकुमारीलाई पक्राउ अनुसन्धान थालेको हो।
पोखरा । कास्कीको पोखरा सहर आज (बुधबार) देशकै सबैभन्दा बढी प्रदूषित बनेको छ । वातावरण विभागका अनुसार, बुधबार बिहान ११ः३० बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १७९ पुगेको छ । दोस्रो प्रदूषित सहरमा चितवनको भरतपुर मापन भएको छ । सोही समयमा भरतपुरको एक्यूआई १७० पुगेको छ । यस्तै, ललितपुरको भैँसोपटी, खुमलटार,भक्तपुर र काठमाडौंको रत्नपार्क तथा शंखपार्कको एक्यूआई पनि १५२ देखि १६९ तथा सम्म रहेको छ ।
स्वास्थ्यका दृष्टिकोणले यी सात सहर अस्वस्थकरको सूचीमा छन् । पोखरामा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १३६.९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । वायुको गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।
पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।
काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ ।
नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारण लाइन निर्माणका लागि मंगलबार भारतको नयाँदिल्लीमा नेपाल र भारतबीच सचिवस्तरीय बैठकमा प्रसारण लाइन निर्माण ‘मोडालिटी’ बारे सहमति भएको हो ।
नेपाल र भारतबीच भएको सचिवस्तरिय बैठकमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारतको विद्युत् मन्त्रालयका सचिव पङ्कज अग्रवालले सहमतिपत्रमा हस्ताक्षर गरे । दुई देशको सचिवस्तरीय वार्ता र सहमतिसँगै अब प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढ्नेछ ।
यसअघि गत कात्तिक १८ देखि २१ गतेसम्म उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारत भ्रमणका क्रममा अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि भारत सरकारका मन्त्रीहरुसँग छलफल गरेका थियो । सोही भेटमा मन्त्री खड्काले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरीद सम्झौता गरिसकेको भन्दै उक्त विद्युत् आपूर्तिका लागि प्रसारण लाइन निर्माणको कामलाई द्रुत गतिमा बढाउनु पर्ने बताएका थिए ।
उक्त भेटसँगै प्रसारण लाइन निर्माणलाई अगाडि बढाउन यहि माघ ९ गते नेपाल र भारतका उर्जा सहसचिवस्तरिय कार्यदलको १२ औं बैठक बसेको थियो । उक्त बैठकमामा अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने र विद्युत् आयात तथा निर्यातलाई थप सहज बनाउने सहमति भएको थियो । सोही सहमति दुई देशबीचका सचिवस्तरीय बैठकले अनुमोदन गरेको छ ।
सहसचिवस्तरिय बैठकमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना र अन्तरदेशीय विद्युत् आयात–निर्यातका विषयमा छलफल भएको थियो । सचिवस्तरिय बैठकमा नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माणकार्य सन् २०३० सम्म सम्पन्न गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन लिमिटेडको सेयर स्वामित्व रहने गरी दुवैतर्फ संयुक्त कम्पनी स्थापना हुनेछ ।
दुई देशबीचको सम्झौतापछि नेपालतर्फ रहने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ रहने कम्पनीमा भारतको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ । दुवैतर्फका कम्पनीमा बाँकी ४९ प्रतिशत सेयर स्वामित्व अर्को देशको रहने व्यवस्था गरिएको छ । यसैगरी चमेलिया–जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको डिपिआर सन् २०२५ सम्म सम्पन्न गरिने सहमति भएको छ । यस्तै ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता ८०० मेगावाटबाट बढाएर एक हजार मेगावाट पुर्याउने सहमति भएको हो । यस्तै सन् २०३५ सम्ममा ४०० केभी निजगढ–मोतिहारी र कोहलपुर–लखनउ प्रसारण लाइन निर्माण सम्पन्न गरिने सहमति भएको छ । उक्त सहमतिलाई दुई देशबीचको सचिवस्तरिय बैठकले अनुमोदन गरेको छ।
यसअघि नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट निर्यातका लागि दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ भने बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भइसकेको छ । उक्त बैठकमा सचिव आचार्यसँगै नेपालका तर्फबाट मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्राधिकरणका नायव कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठलगायत सहभागी थिए ।