२०८१ चैत्र ९ गते शनिबार
२०८१ चैत्र ९ गते शनिबार

हस्तान्तरण नहुँदै विमानस्थलमा प्वाल

सिमकोट विमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन (ट्याक्सी वे) हस्तान्तरण नहुँदै प्वाल परेको छ । एप्रोनका लागि पुरिएको माटोमा राम्रोसँग रोलर नलाउँदा माटो दबिएपछि कालोपत्रे गरेको एप्रोनको भागमा प्वाल परेको हो । 

हवाईजहाज पार्किङ गर्नका लागि नयाँ निर्माण गरिएको एप्रोन हस्तान्तरण नहुँदै भ्वाङ परेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक महेन्द्रबहादुर सिंहले बताए । धेरै अग्लो गरी निर्माण गर्न आवश्यक नरहेको एप्रोनमा माटो भर्ने क्रममा कसिलो किसिमले रोलर मेसिन नलाउँदा अहिले एप्रोनमा प्वाल परेको बताए । 

विमानस्थलभन्दा ३० मिटरमाथि उठाएर उक्त एप्रोन निर्माण गरिएको छ । नयाँ एप्रोन अग्लो गरी निर्माण गरिँदा विमानस्थलका कर्मचारीलाई जहाजले भुइँ छाड्ने अन्तिम क्षेत्र देख्न सकिने अवस्थासमेत छैन । एप्रोनको दक्षिणी किनारमा तीन मिटर लम्बाइ र दुई फिट गहिरो एप्रोनको भाग भासिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।