२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

अर्थमन्त्री पौडेल र पोखराका मेयरलाई उपचारका लागि काठमाडौं ल्याइयो

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ ।

मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न काठमाडौं ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले जनाएका छन् ।

केसीका अनुसार पौडेलको हातमा र अनुहारमा आगोले असर गरेको छ । मेयर आचार्यलाई भने आगोको बढी असर परेको उनले जानकारी दिए ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा झिरझिरेको आगोले टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोट र टोपीमा आगोको झिल्का लागेको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।