
डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् ।
अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज अपराह्न उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविबहीन भएका थिए । तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए ।
पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन् । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरु भएको छ । दुवैको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको हो ।
अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ ।
पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उदघाटनका क्रममा बेलुन फुटेर आगो लागेपछि जलेर दुवै घाइते भएका छन् ।अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिस्टेल अस्पताल पठाइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए ।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ ।
मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न काठमाडौं ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले जनाएका छन् ।
केसीका अनुसार पौडेलको हातमा र अनुहारमा आगोले असर गरेको छ । मेयर आचार्यलाई भने आगोको बढी असर परेको उनले जानकारी दिए ।
रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा झिरझिरेको आगोले टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोट र टोपीमा आगोको झिल्का लागेको थियो ।
पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।
स्रोतका अनुसार इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको छ । उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।
पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।
सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । लेबनानको राजधानी बेरुत नजिक संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसन (युनिफिल) का डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी-भिडले रोकी तोडफोड गर्दा उनी घाइते भएका हुन् ।
उपरथी ढकाल घाइते भएको र उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । ‘घटना पश्चात उहाँलाई तत्कालै उद्धार गरी युएन लेभल–३ अस्पताल बेरुत पुर्याइएको थियो । अस्पतालले हाल उहाँ खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमाण्डर, आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए’, नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । उपरथी ढकाल बेरुत विमानस्थल जाने क्रममा सो आक्रमण भएको हो ।
घटनाको सम्बन्धमा मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।
घटनाको भत्र्सना गर्दै लेबनानका प्रधानमन्त्री नवाफ सलमान र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति-समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । इरानबाट आएको एउटा यात्रु विमानलाई बेरुत जाने अनुमति रद्द गर्ने सरकारी अधिकारीहरुको निर्णयविरुद्ध अहिले त्यहाँ विरोध प्रदर्शन चलिरहेको समाचार संस्था एपीले जनाएको छ । त्यसको विरोधमा विमानस्थल जाने मार्गसँगै राजधानी र अन्य सडकहरु अबरुद्ध पारिएका छन् ।
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक तथा सांसद डा.सुनिल शर्माले देबिसरा रावलको मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन् ।
हुम्ला जिल्लाको अत्यन्तै दुर्गम गाउँकी रावललाई केएमसीमा ल्याएर निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने भएका हुन् । हुम्ला जिल्लाका सांसद तथा माओवादी केन्द्रका नेता छिरिङ डम्डुल लामा र बिरामीका श्रीमान् हर्क बहादुर रावलले डा.शर्मासँग भेट गरेपछि उनले निःशुल्क उपचार गरिदिने प्रतिबद्धता जनाएका हुन् । साथै, शर्माले बिरामीको औषधि खर्चका लागि एक लाख रुपैयाँसम्म सहयोग गर्ने पनि बताए ।
देबिसरा रावलको निवास थानकोटबाट उनलाई एम्बुलेन्सबाट उपचारको प्रक्रिया सुरु गरिएका केएमसीले जानकारी दिएको छ । बिरामीका श्रीमान् हर्क बहादुर रावलले डा.शर्माले गर्दा आफ्नो श्रीमती नयाँ जीवन पाउँन लागेको बताउँदै खुसी व्यक्त गरे ।
‘आर्थिक अवस्थाले निकै कमजोर हाम्रो परिवारले यति धेरै खर्च गरेर उपचार गर्न सक्ने अवस्था थिएन, उपचार लागि धेरै प्रयास भए तर, थप उपचार गर्न सकिएन, शर्माको यो सहयोगले उपचार हुँदा निकै खुसी छौं,’ उनले भने ।
यस्तै, सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकहरूलाई सेवा प्रदान गर्दै आएका छन् । स्वास्थ्य शिविरमा सम्भव नभएका बिरामीहरूको लागि उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् ।
शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि जुनसुकै पार्टीका भए पनि निःशुल्क क्याबिनको व्यवस्था गरिएको पनि बताइएको छ । केएमसीमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गर्दै आएका छन् ।
सांसद शर्माको यो समाजसेवी पहलले धेरै नेपालीहरूलाई स्वास्थ्य सेवामा पहुँच पु-याउन ठूलो योगदान पु-याउने विश्वास गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा आधारभूत तहदेखि उच्च तहसम्म अध्ययन गर्ने विद्यार्थीका लागि सात अर्ब ३९ करोड रुपियाँ छात्रवृत्तिबापत वितरण गरेको छ ।
विद्यार्थीको आर्थिक, भौगोलिक तथा अन्य अवस्था हेरेर सरकारले २५ प्रकारको शैक्षिक छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यसबाट १५ लाख ७१ हजार विद्यार्थी लाभान्वित भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय विद्यार्थीलाई आवश्यकता अनुसार आवासीयदेखि गैरआवासीय छात्रवृत्ति वितरण हुँदै आएको छ ।
आवासीय छात्रवृत्ति कक्षा १ देखि १२ कक्षासम्मका १२ हजार ६५ विद्यार्थीलाई उपलब्ध गराइएको छ । यसका लागि ६० करोड ३२ लाख रुपियाँ छुट्याइएकोमा केही रकम वितरण भइसकेको छ भने केही वितरण हुन बाँकी छ । आवासीय छात्रवृत्ति अन्तर्गत अपाङ्गता भएका, मुक्त कमलरी, फिडर छात्रावासमा अध्ययनरत छात्रा, सार्वजनिक–निजी साझेदारीमा सञ्चालित नमुना विद्यालयमा स्वीकृत कोटामा अध्ययनरत छात्रछात्रा, हिमाली आवासीय छात्रवृत्ति पर्छन् ।
त्यसबाहेक अति सीमान्तकृत समुदायका विद्यार्थीलाई दिइने छात्रवृत्ति, सडक बालबालिका तथा बालश्रमिकलाई आवासीय प्रबन्धका लागि दिइने छात्रवृत्ति, एचआइभी प्रभावित तथा वादी समुदायका बालबालिकाका लागि दिइने छात्रवृत्ति पनि आवासीय छात्रवृत्ति अन्तर्गत पर्दछन् । यी सबै समूहका विद्यार्थीलाई प्रतिविद्यार्थी वार्षिक ५० हजार रुपियाँको दरले छात्रवृत्ति दिने गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयले गैरआवासीय छात्रवृत्ति शीर्षकमा १५ लाख ४० हजार विद्यार्थीलाई आर्थिक सहायता उपलब्ध गराएको छ । यसका लागि ६२ करोड ७० लाख रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ । गैरआवासीय छात्रवृत्ति अन्तर्गत कर्णाली प्रदेशका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थी समेटिन्छन् तर जिल्ला अनुसार छात्रवृत्ति रकम भने भिन्न छ ।
यस अन्तर्गत मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालीकोट जिल्लाका कक्षा १ देखि ५ सम्मका छात्रालाई वार्षिक एक हजार रुपियाँ र सोही प्रदेशका अन्य जिल्लाका छात्रालाई वार्षिक चार सय रुपियाँको दरले आर्थिक सहायता वितरण हुँदै आएको छ । गैरआवासीय छात्रवृत्ति अन्तर्गत नै मन्त्रालयले कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने मुलुकभरका दलित विद्यार्थीलाई प्रतिविद्यार्थी वार्षिक चार सय रुपियाँका दरले आर्थिक सहायता वितरण गर्दै आएको छ । यस्तो छात्रवृत्ति पाँच लाख ५२ हजार विद्यार्थीलाई उपलब्ध गराइएको छ । जसका लागि २१ करोड रुपियाँ खर्च भएको छ ।
त्यस्तै मुक्त कमलरी छात्रवृत्ति अन्तर्गत कक्षा १ देखि ८ सम्म (आधारभूत तह)का लागि वार्षिक एकमुष्ट एक हजार पाँच सय, कक्षा ९ र १० का लागि एक हजार आठ सय र कक्षा ११ र १२ का लागि एकमुष्ट वार्षिक पाँच हजार रुपियाँ आर्थिक सहायता वितरण हुँदै आएको छ ।
आधारभूत तह अन्तर्गत कक्षा १ देखि ५ सम्म मात्रै अध्ययनरत लक्षित समूहका २२ जनजाति तथा सीमान्तकृत समूह, मुक्त कमैया, वादी, हलिया र चरुवाका सन्ततिसमेत गरेर ५१ हजार ८८९ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । यसका लागि प्रतिविद्यार्थी वार्षिक पाँच सय रुपियाँ उपलब्ध गराइएको छ ।
मन्त्रालयले आवासीय र गैरआवासीयबाहेक विपन्न र लक्षित छात्रवृत्ति शीर्षकमा ११ र १२ मा विज्ञान विषय र प्राविधिक धारसमेत अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक २४ हजार रुपियाँका दरले अर्को छात्रवृत्ति उपलब्ध गराएको छ । यस्तो छात्रवृत्ति विपन्न र लक्षित समुदायमा सीमित कोटामा मात्रै वितरण गरिन्छ । साथै अन्य विषयमा कक्षा ११ र १२ पढ्ने लक्षित समूहका विद्यार्थीलाई वार्षिक १८ हजार र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीका लागि वार्षिक छ हजार रुपियाँ उपलब्ध गराइएको छ ।
त्यसबाहेक मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा छात्रवृत्ति शीर्षकमा पाँच करोड ९४ लाख रुपियाँ वितरण गरेको छ । यो छात्रवृत्ति विभिन्न चार समूहमा विभाजन गरेर वितरण गरिएको छ । प्रि–डिप्लोमा, डिप्लोमा अध्ययन गर्ने विद्यार्थीलाई यस्तो छात्रवृत्ति वितरण गरिन्छ । गोरखापत्र दैनिकमा समाचार छ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नयाँ पार्टी खोल्ने संकेत गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ८४ मा बहुमत दिने भए पार्टी खोल्ने इच्छा व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘म बुझ्न चाहन्छु यदी ८४ मा बहुमत दिने भए म पार्टी खोल्छु!’
मिसन ८४ स्वरुप पार्टी खोलेमा भ्रष्टाचार गरी ठगी गरेर खर्बौं रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानीछानी जेल कोच्ने यसको मूल एजेण्डा हुने मेयर हर्कको भनाइ छ। ‘पार्टीको एजेण्डा एउटै हुने छ, भ्रष्टाचार गरेर ठगी गरेर खर्बौं रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानीछानी घोक्रे ठ्याक लाएर जेल कोच्ने!’
सोही क्रममा उनले विदेशमा पलायन भएको पैसा फिर्ता गर्ने उद्देश्यसहित सबैको साथ समेत खोजेको जनाएका छन्। उनले भने, ‘पलायन भएको पैसा फिर्ता गर्ने ! दिने हो साथ ?’
यस्तै मेयर हर्कले यो देशको फोहोरी राजनीतिलाई सफा गर्ने हो र देशको फोहोर तह लगाउने नै हो भने माथि मूहानबाटै सफा गर्नु पर्ने बताएका छन्। उनले तल तल मात्रै सफा गरेर नहुने भन्दै मुहान नै दुषित भएको व्यंग्य समेत गरेका छन्।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अनुभवको लाभ मिल्नेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। निजी कार्यमा दौडधुप धेरै गर्नुपर्ला। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। घरपरिवारमा रमाइलो र मंगल कार्यको योग छ। विद्यार्थीहरूको पढाइ लेखाइमा प्रगति हुनेछ। राजनीतिक कार्यमा सफल मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा मनपर्ने इष्टमित्रको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा बुद्धिको उपयोगले कार्य सम्पादन गर्न सकिएला। प्रेम सम्बन्ध कसिलो हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ नोकरी हात लाग्नमा सफलता पाइनेछ। धार्मिक कार्य सफल रहनेछन्। रोजगारको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। अड्केको धन प्राप्त हुने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सरकारी मामिलाहरू टाल्ने प्रयास नगर्नुहोस् विवाद हुन सक्ला। लामो समयदेखि रोकिएका कार्यहरू सम्पादन हुनेछन्। साझेदारी व्यापारमा राम्रो प्रतिफल प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अधिकारी वर्गहरूको साथ र सहयोग मिल्नेछ। अधिकार प्राप्तिको लागि संघर्ष अलि धेरै गर्नुपर्ला। प्रेम सम्बन्धमा अविश्वासको भावना निर्माण हुन सक्ला सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामूहिक कार्यमा सबैको कुरा सुनेर निर्णय लिँदा राम्रो सफलता मिल्नेछ। यात्रा सचेत भएर गर्नुहोला। व्यापार व्यवसायमा श्रीवृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा अधुरा कार्य सम्पादन हुनेछन्। शुभचिन्तकहरूले पुरा साथ दिनेछन्। आँनलाइन धोखा मिल्न सक्ला सावधान रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइनेछ। आर्थिक पक्ष मजबुत रहनेछ साथै घरको साज सजावटमा धन खर्चका योग छन्। प्रतिस्पर्धामा लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कुनै अप्रिय समाचारले मन खिन्न रहन सक्छ। कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नेछ। संवैधानिक पदको मर्यादालाई लिएर सावधान रहनुहोस्। स्वास्थ्यलई लिएर सचेत रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोजगारको नयाँ अवसर प्राप्त हुनेछ। साझेदारी व्यापारमा नयाँ योजनाहरू प्रारम्भ हुनेछन्। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्यार्थीहरूलाई उच्च अध्ययनमा राम्रो सफलता मिल्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा सफल भइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।