सुनकोमुल्य उकालो लाग्दै यस्ता छन् बढ्नुका कारण

0
787

चैत्र ४ काठमाडौ ।शुक्रबार स्थानीय बजारमा सुनको मुल्य ३ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ५३ हजार ९ सय रुपैयाँमा किनबेच भएको सुनमो मुल्यमा शुक्रमा ३ सय रुपैयाँको बढोत्तरी भई शुक्रबार प्रतितोला ५४ हजार २०० रुपैयाँ कायम भएको छ।

शुत्रबार चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेको छ। चाँदीको मूल्यमा विहिबारबो तुलनामा ५ रुपैयाँले गिरावट आइ प्रतितोला ७ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अमेरिकी केन्द्रिय बैंकले ब्याजदर बढाएसँगै अमेरिकी डलरको भाउ खस्किँदा सुन प्रति लगानीकर्ताको आकर्षण देखिएको हो। जसका कारण अन्र्तरष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । त्यसकै प्रभाव नेपाली बजारमा पनि परेको व्यावसयीको भनाइ छ ।