शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि रामबहादुरका छिमेकी उनलाई बोलाउन गएका थिए। ढोका ढकढकाएर बोलाउँदा नबोलेपछि ती छिमेकीले ढोकाबाटै चिहाएर भित्र हेरेका थिए । उनीहरूलाई मृत देखेपछि प्रहरीमा खबर गरिएको थियो । डिएसपी बस्यालले दुवै मृतकको शरीर र टाउकोमा गम्भीर घाउ खतहरू देखिएको जानकारी दिएका छन् । डिएसपी बस्यालका अनुसार त्यो घरमा बुढाबुढी मात्रै थिए । उनीहरुका चार छोरा भारतमा बस्छन् । दुई छोरी बिवाह भई दाङ बस्छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको ट्विटर (एक्स) अकाउन्ट नभएको र नक्कली एकाउन्ट बनाएर गलत प्रचार गरेकाप्रति प्रधानन्यायाधीशको निजी सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानन्यायाधीशको निजी–सचिवालयका उपरजिस्ट्रार नवीनकुमार यादवले आइतबार प्रेस विज्ञप्तिमा जारी गरेकाे गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘सर्वोच्च अदालतको गरिमा र मर्यादा घटाउने तथा प्रधानन्यायाधीशको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकाले सो ट्विटमा उल्लेख भएको झुटो व्यहोराप्रति विश्वास नगर्न सबैमा अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको गलत एवं भ्रामक सामग्री तत्काल हटाउन तथा सो सामग्री ट्विटर गर्ने व्यक्तिलाई शीघ्र कानुनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई आवश्यक निर्देशन दिई सकिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’
प्रधानन्यायाधीशको नामबाट ‘Mr Prakash Nepal@Supreme CourtNP’ भन्ने नक्कली आइडी सिर्जना गरी त्यसको दुरुपयोग गरिएको थियो ।
काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल बराबरीमा सकिएको हो । दुवै टोली फाइनलमा पुगिसकेका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी बलकी एक महिला इन्सपेक्टर मृत अवस्थामा भेटिएकी छन् ।
पोखरामा तालिमरत महिला इन्सपेक्टर सन्तोषी महत झुण्डिएको अवस्थामा मृत्त भेटिएकी हुन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्सपेक्टर हुन् ।
इन्सपेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनको शव पोस्टमार्टम गर्ने तयारी गरिएको छ । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् ।
त्यसपछि अहिले २०८१ सालमा इन्सपेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् । पारिवारिका स्रोतकाअनुसार महतको सशस्त्रै १६ बेसिकको एक इन्सपेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । परिवारले ती इन्सपेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेका छन् । उनी अविवाहित हुन् । बाबु–आमा अस्ट्रेलियामा रहेको कारणले मंगलबार फर्कने र दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्युठान । प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृत्तकका भतिजालाई पक्राउ गरेको छ ।
माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका थिए । उनीहरूको हत्या आरोपमा प्रहरीले भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीलाई पक्राउ गरेको प्युठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए ।
पंकजको घर मृतकको घरबाट ६० मिटर टाढा मात्रै रहेको प्रहरीले जानकारी दिएको छ । उनले हत्या पनि स्वीकारेको पनि बस्यालले बताएका छन् । ‘सँधै गाली गर्ने, रिसाउने, घर पनि नआइज भन्ने जस्ता कुरा गर्ने गरेकाले रिसमा आएर घनले हिर्काएर हत्या गरेको हुँ भनेर प्रारम्भिक बयान दिएका छन्,’ डिएसपी बस्यालले भने । प्रहरीले हत्यामा प्रयोग भएको घन मृत्तकको घरदेखि ५० मिटर पूर्वमा रगत लतपतिएको अवस्थामा फेला पारेको छ ।
नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गिरिबन्धु टी–ई स्टेटको जग्गा प्लटिङ गरेर सुकुम्वासीलाई दिने हो भने आफूहरू तयार रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन्।
‘सुकुम्वासीलाई सडकको जग्गा दिने होइन, खोला खोल्साको जग्गा दिने होइन,’ सांसद पौडेलले भने, ‘सुकुम्वासीलाई जग्गा दिने हो भने गिरिबन्धु टी–ई स्टेटको जग्गा प्लटिङ गरेर दिइयोस् । माओवादी तयार छ।’
यस्तै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सुकुम्वासीलाई दिँदा पनि माओवादी तयार रहेको सांसद पौडेलले बताए। उनले भने, ‘छाला जुत्ता कारखानाको जग्गा सुकुम्वासीलाई दिइयोस् कहाँ गएको खोजेर माओवादी तयार छ।’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले ३५ वर्षयताका भ्रष्टाचारका काण्डहरूको छानबिन गरी मुलुकमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन्। उनले देशले एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरूको सामना गरिरहेको उल्लेख गरिन्। सरकारसँग विपद् व्यवस्थापनको लागि ठोस योजना नभएको आरोप लगाइन्।
पिपल्स डेन्टल कलेज र अस्पतालले फागुन १४ गते रिभरफिल्ड फुटसल ग्राउण्डमा इन्टर ब्याच फुटसल आयोजना गर्ने भएको छ ।
अस्पतालका संस्थापक तीर्थरत्न बज्राचार्यको सम्झनामा ८ औं तीर्थरत्न फुटसल टुर्नामेन्ट आयोजना हुन लागेको छ । यस प्रतियोगितामा कलेजमा अध्ययनरत बिडीएस(BDS) प्रथम वर्षदेखि पिजी (PG) गरिरहेका विद्यार्थी र डाक्टरहरू र अस्पताल स्टाफ, कन्सल्टेन्ट डाक्टरहरूको सहभागिता रहने आयोजकले जानकारी दिनुभयो ।
पढाइ साथै खेलकुदमा पनि भाग लिन सके शारीरिक र मानसिक रूपमा स्वस्थ हुनसक्ने विचार राख्दै यो प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक बिडीएस इन्टर्न डाक्टरहरू बताउँछन् । प्रतियोगिताका प्रायोजकको रूपमा मेडिप्लस नेपाल, गर्ग डेन्टल सप्लायर्स, यूनाइटेड डेन्टल केयर प्रा.लि., एसियन फार्मास्युटिकल, डेन्टोमेड सोलुसन्स नेपाल, ग्लोबल हस्पिटल, इन्टिग्रेटेड हेल्थ केयर, ओमी डेन्टल क्लिनिक ,देउराली जनता फार्मास्युटिकल रहेका छन् ।
प्रतियोगिता सफल पार्नका लागि आयोजक डा. सुरज पाण्डे, डा. राजु राज शाक्य, डा. रोजन जङ्ग बस्नेत लगायत सबै इन्टर्न डाक्टरहरूले आफ्नो क्षमता अनुसार लागि परिरहेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा विधेयक पास गर्न सरकार र संसदलाई दवाव दिनुपर्ने आवश्यकता देखिएको बताएका छन्।
नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियनका केन्द्रीय समितिद्वारा संयुक्त रुपमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महरले २०२८ सालदेखि शिक्षाको विकासका लागि नयाँ ऐन ल्याउन नसकिएको बताउँदै शिक्षा विधेयक पास गर्न दवावको खाँचो रहेको औंल्याएका हुन्।
‘विश्वले चेतना र प्रविधिका हिसाबले यो बीचमा ठूलो फडको मारेको छ। तर, हामी ऐनकै विषयमा अल्झिएका छौं। यस पटक पनि विधेयक पास गर्न सांसदहरूले खुट्टा लर्खाराउनु हुने हो कि भन्ने आंशका बडेको छ। यस्तो अवस्थामा विधेयक पास गर्न संसद र सरकारलाई ठूलो दवाव सिर्जना गर्न आवश्यक छ,’ उनले भने।
सरोकारवालासँग थप छलफल र अन्तरक्रिया गरेर विधेयकमा सबैको सहभागिताको प्रत्याभूति दिलाउनसमेत आवश्यक रहेको महरले बताए। शिक्षकका वर्गिक सवाल, नि:शुल्क र गुणस्तरीय जीवन उपयोगी शिक्षाका लागि कांग्रेस शिक्षक सँगसँगै रहेको उनको भनाइ छ।
संसदको यसै हिउँदे अधिवेशनबाट आफ्ना माग समेटेर शिक्षा ऐन पास हुनुपर्ने मागसहित नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनप्रति लक्षित गर्दै नेता महरले आज संसार भरि अधिकारका लागि संघर्ष भएका तर कर्तव्य पालनाका लागि कमै मात्र संघर्ष देखिनु बिडम्बना भएको टिप्पणी गरेका छन्। उनले अबको संघर्ष अधिकार र कर्तव्यको संयोजनतर्फ अगाडी बडाउनु पर्ने बताए।
गुल्मी । रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो ।
साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । ‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ,’ उनले भने, ‘फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन ।’ प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए ।
रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मंसिर २४ मा तम्घास–काठमाडौँ उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटा मात्र उडान भएका छन्। उक्त उडानमध्ये तम्घास–काठमाडौँ एक हजार एक सय ६५ र काठमाडौँ–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीन जना छन् ।
काठमाडौं । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता रोहित रानाको शव नौं दिनपछि भेटिएको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खस्दा २७ वर्षीय राना फागुन २ गतेबाट बेपत्ता थिए । त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव आज बिहान फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामपुर घर भएका उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए ।
फागुन २ गते बिहान करिब १२ बजेको समयमा राना सवार मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किँदा त्रिशूलीमा खसेका थिए । मोटरसाइकल भने सडकमै थियो । भारतीय सेनामा कार्यरत राना छुट्टिमा घर आएका बेला दुर्घटनामा परेका हुन् । प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।






