काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आजका लागि तय भएको विनिमय दर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।
त्यसै गरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । स्वीस फ्र्यांक एकको खरिददर एक सय ५४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ८९ पैसा तय गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय चार रुपैयाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ र बिक्रीदर १३ रुपैयाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५० पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६४ पैसा तय गरिएको छ ।
त्यसै गरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।