आस्थाको स्वरमा चमेली बनिन् प्रियंका कार्की

0
1378

काठमाडौं, ७ चैत्र । आगामी जेठ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘लालटिन’को ‘चमेली’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । आस्था राउतको स्वर तथा किरण माईकलको शब्द संगीत रहेको आइटम नम्बरमा नायिका प्रियंका कार्कीको नृत्य छ ।

यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कटुवाल लगायतका कलाकारको अभिनय छ । ‘लालटिन’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको यो चलचित्रलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।