एकैदिन तीन बैकको साधारणसभा,हकप्रद शेयर जारी गर्ने

0
499

चैत्र १० काठमाडौ ।तीन बैकले एकैदिन साधारणसभा गर्ने भएका छन् । कृषि विकास बैंकले ,सेन्चुरी कमर्सियल बैक र इन्नोभेटिभ डेभलपमेन्ट बैकले चैत्र ३१ गते साधारणसभा बोलाएका हुन् ।सरकारी स्वामित्वको कृषि विकास बैकले बैंकले चैत ३१ गते साधारण सभाका लागी यहि चैत १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।

यस्तै सेन्चुरी कमर्सियल बैंकले पनि चैत १८ देखि ३१ गतेसम्म बुक क्लोज हुने जनाएको छ। बैंकले चैत ३१ गते साधारण सभा बोलाएको छ। बैंकले साधारण सभामा ४० प्रतिशत हकप्रद प्रस्ताव गरेको छ।बैंकले गएको बर्षको मुनाफाबाट दिएको १० प्रतिशत बोनस अहिलेको साधारण सभाबाट पारित गराउने जनाएको छ । बैंकले अहिले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको छ। दुवै बैंकलाई प्राप्ति गरेपछि हकप्रद निस्कासन गर्ने बैकको तयारी छ । इन्नोभेटिभ बैककले चैत ३१ गते नै साधारणसभा बोलाएको छ ।
अपि पावर कम्पनीले चैत २८ गते विशेष साधारण सभाको आयोजना गरेको छ । साधारण सभाका लागि कम्पनीले चैत १५ देखि २८ गतेसम्म बुक क्लोज हुने जनाएको छ।
कम्पनीले बिशेष साधारण सभामा २०० प्रतिसत हकप्रद निस्कासन गर्ने प्रस्ताव लैजाने जनाएको छ ।