
पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखराको गणेशटोलदेखि विन्ध्यावासिनी मन्दिरसम्म उनको नागरिक अभिनन्दन गरिएको हो।
नागरिक स्वागत मूल समारोह मूल समिति पश्चिमाञ्चल (पोखरा) ले पूर्वराजा शाहको अभिनन्दनको चाँजोपाँजो मिलाएको हो।
नागरिक स्वागत मूल समारोह मूल समिति पश्चिमाञ्चल (पोखरा) सचिवालय प्रमुख अरुण गिरीका अनुसार पूर्वराजाले गणेशटोलदेखि विन्ध्यावासिनी मन्दिरसम्म पैदल यात्रा गरे। त्यो बीचमा पर्ने गणेश मन्दिर, भीमसेन थान, भैरव मन्दिर, विन्ध्यावासिनी मन्दिरको बौद्ध विहार र परिसरमा रहेका सबै मन्दिरमा पूजाअर्चना गरेको उनको भनाइ छ।
झण्डै दुई घण्टा लामो अभिनन्दन र पूजाअर्चना भएको उनले बताए।
नागरिक अभिनन्दनमा बाजागाजाले पूर्वराजाको स्वागत गरिएको थियो। फूलका गुच्छाले पूर्वराजालाई स्वागत गरियो। सर्वसाधारणको सेल्फीमा साथ दिँदै उनी मन्दिरसम्म पुगे। ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, नारा पूर्वराजाका समर्थकले चर्काए।
माघ २७ गतेदेखि पूर्वराजा ज्ञानेन्द्र पोखरामा छन्। उनी परिवारका सदस्यसहित भैरहवाबाट चार्टर विमानमार्फत पोखराको पुरानो विमानस्थल ओर्लिएका थिए।
पूर्वराजा शाहले फागुन १३ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा पर्ने शाहवंशीय कुल मन्दिरका रूपमा परिचित आलमदेवी मन्दिरको दर्शन गरेका थिए।
शाह फागुन २१ गते बुधबार बागलुङ कालिका मन्दिरको दर्शन गर्नलाई बागलुङ जाँदै छन्।
शाहलाई स्वागत गर्न विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा ५०१ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति गठनसमेत भएको छ।
बागलुङ कालिकाको पूजा सकाएर म्याग्दीको गलेश्वर मन्दिर जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले भारत उडिसास्थित केआईआईटी कलेजमा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालका बुवा–आमालाई भेटेका छन् ।
बुटवलस्थित दिवंगत प्रकृतिको मामाघर पुगेर उनका बुवा–आमासँग भेट गरेको परराष्ट्रमन्त्री देउवाले जानकारी दिएकी छन् । भेटमा प्रकृतिको न्यायका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको परिवाजनलाई जानकारी गराएका मन्त्री देउवाले बताएकी छन् ।
केआईआईटीमा बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति केही समय पहिले कलेजकै छात्रावासमा मृत भेटिएकी थिइन् । त्यसपछि त्यहाँ नेपाली विद्यार्थीले प्रकृतिको न्यायका लागि आवाज उठाएका थिए । केही विद्यार्थी नेपाल पनि फर्किएका छन् । तर, दुवै देशका अधिकारीहरूको पहलपछि कलेजको वातावरण सामान्य बन्यो । भारतस्थित नेपाली दूतावासका अधिकारीहरू कलेजमै पुगेर नेपाली विद्यार्थीको सुरक्षाका लागि समन्वय गरेका थिए ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले भ्रमको खेतीमा पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको सरकारले भ्रमको खेती गरेको आरोप लगाएका हुन्।
उनले भ्यु टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने प्रचारित भ्रम फैलाइएको कार्यकारी टिक्दैन भनेर फैलाउन खोजिएको, काठमाडौँ कार्यकारी जना मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैर जिम्मेवार भनाई दिएको बताएका छन्।
यस्तो छ उनको स्टाटस
भ्रमको खेतीमा पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ ।
उदाहरणहरू:
१.भ्यु टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने प्रचारित भ्रम
कहिले देखी नक्सा पास मेयरले गर्न थाले रु सामान्य कानुनको ज्ञान राख्नेले पनि भन्न सक्छ कि यसको अधिकार मेयरसँग हुँदैन । कानुनले यही भन्छ । अनि यो Public Private Partnership ले नक्सा पास गर्ने अधिकार कार्यपालिकालाई दिइएको छ । अनि नक्सा पास गर्न बसेको व्यक्ति स्वयंले नक्सा पास गरिसकेपछि पनि बारम्बार दुई महिनासम्म पीपीपीमा कसरी नक्सा पासको काम गराउने भन्ने विषयमा बैठक बसेको प्रमाण हामीसँग सुरक्षित छ ।
२. कार्यकारी टिक्दैन भनेर फैलाउन खोजिएको भ्रम
अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन् । ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो । के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो रु २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर ।
हामीले भ्रष्टाचारमा जोडिएकाले हटाएका हौँ । सरकारले के कारण हटायो रु हामीले २ जना भ्रष्टहरूलाई हटाउँदा कार्यकारी टिक्न दिएन भन्ने सरकारले उत्ति नै संख्यामा तर असल काम गरेर बसेकालाई हटाउँदा काठमाडौँ असल कार्यकारी टिक्न सरकारले नै दिँदैन भन्ने अर्थ लाग्दैन र ? यदि ती २ जना मध्ये कुनै एक कार्यकारी नहटाएको भए यो कुरा नै आउँदैन थियो त ।
३. काठमाडौँ कार्यकारी जना मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैर जिम्मेवार भनाई
सरकारले आफू मातहतका एक जना कर्मचारीलाई आवश्यकता अनुसार काममा लगाउन सक्ने रैनछ भन्ने त यहाँबाट नै पुष्टि भयो । अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि दङ्गाग्रस्त क्षेत्रमा सिडिओ जान मानेनन् भनेर पठाउन नसक्ला, अपराध रोक्न पुलिस जान सकेन भनेर पठाउन नसक्ला । एउटा घातक उदाहरण त नवलपरासी पश्चिमको सामूहिक झडपले पनि देखाएको छ ।
आफ्नो कर्मचारीमा नियन्त्रण नभएको, कर्मचारीको विश्वासमा यतिसम्म गिरेको सरकारले समृद्धि ल्याइदिन्छ भनेर हामीले पत्याइदिनु पर्ने रु
४. ऐनले पालिकालाई नै निमित्त तोकेर काम गर्ने अधिकार दिएको छ भन्ने फैलाइएको भ्रम
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को ४ ले कार्यकारी नियुक्ती नभए सम्मको लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतकारूपमा खटाउन सक्छ भनिएको छ । सरकारले यहिसमेत गरेको छैन, बरु उल्टै मेयरले चाह्यो भने राख्न सक्छ भन्ने भ्रम फैलाइदैछ ।
सोही ऐनले दिएको अधिकार प्रयोग गरेर नेपाल सरकारले प्रमुख प्रशासकीय तोकिदिनु पर्नेमा सो नगरी प्रतिवेदन आए पछि भनेर आफ्नो गैर जिम्मेवारीलाई लुकाइरहेको छ ।
५. कार्यकारीको छानबिनको रिपोर्ट लुकाइयो भन्ने भ्रम
लुकाउनलाई त हुनु पर्यो नि, होइन । रिपोर्ट बनेकै छैन, लुकाइयो भन्ने भ्रम फैलाइन्छ ।
६. मन्त्रीसँग समन्वयन गर्नुपर्यो
मन्त्रीसँग समन्वयन गर्नु भनेको के हो रु पत्र लेख्ने, आधिकारिक संयन्त्रबाट सम्पर्क गर्ने, त्यही होइन रु विधि र वैधानिकतालाई समन्वयनसमेतको मान्यता नदिएर के व्यक्तिगत अन्तरात्मा खोजेको हो सरकारले रु हामीले मन्त्रीलाई पटक पटक पत्र लेखेको, आधिकारिक संयन्त्रबाट सम्पर्क गरेका छौँ । थप समन्वयन नखोजौँ, विधि र जिम्मेवारी खोजौँ ।
प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईँका दुस्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाई कै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरी त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाई कै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईँको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।
सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।
काठमाडौं । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोंगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ ।
मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको नयाँबसपार्कमा यातायात व्यवसायीको सहकार्यमा बसपार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए ।
काठमाडौँ महानगरपालिका–२६ गोंगबुमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ७० जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । यसबाहेक सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, रामेछाप, खोटाङलगायत जिल्लामा भने कोटेश्वरबाट सवारीसाधन आवतजावत गर्दै आएका छन् ।
नयाँबसपार्कबाहेक हाल राजधानीको कलङ्की, पुरानो बसपार्क, गौशाला, कोटेश्वर र सोह्रखुट्टेबाट सवारीसाधन विभिन्न जिल्लामा आवतजावत गर्दै आएका छन्। काठमाडौँ महानगरपालिकाले भने सबै सवारीसाधनलाई नयाँबसपार्कबाट आवतजावत गराउने लक्ष्यका साथ काम गरिरहेको छ । विसं २०५६ मा काठमाडौँ महानगरपालिकाका प्रमुख र लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्षबीच ‘सार्वजनिक–निजी साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।
उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुट्टै बसपार्क स्थल निर्माण गरिएको छ । नयाँ बसपार्कमा हाल ८०० सवारीसाधन पार्किङ गर्न मिल्ने ठाउँ रहेको छ। हाल उक्त बसपार्कबाट ३५० देखि ४०० सवारीसाधन विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।
आइतबार ७५ अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ। नेप्से १३.६२ अंकले बढेर दुई हजार आठ सय ७६.६६ बिन्दुमा कायम भएको हो।
आज ३०० कम्पनीका तीन करोड १२ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार १३ अर्ब ७३ करोडभन्दा बढीको कारोबार भएको थियो।
नेप्सेका १३ समूहमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेका छन्। म्युचल फण्ड एक प्रतिशत तथा अन्य समूहको सूचक एक प्रतिशतभन्दा धेरैले उकालो लाग्दा जीवन बिमा, उत्पादन तथा प्रशोधन र निर्जिवन बिमा एक प्रतिशतभन्दा कमले बढेका छन्।
बैंक, होटल तथा पर्यटन र जलविद्युत एक प्रतिशतभन्दा धेरैले घट्दा विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार समूह एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन्।
घटेको बजारमा गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। दिव्यश्वरी हाइड्रो नौ तथा सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स सात प्रतिशतभन्दा धेरैले बढेका छन्।
यता समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, वाराही हाइड्रोपावर र सपोर्ट माइक्रोफाइनान्स क्रमशः सात र ६ प्रतिशतभन्दा धेरैले घटेका छन्।
काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।
शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।
उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएकाे छ ।
काठमाडौँ । फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ। अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको थियो । यो मिसन चन्द्रमाको यो अदृश्य भागमा अवतरण गर्ने तीन प्रमुख अन्तरिक्ष अभियानहरूको सुरुवात हो । ब्लू घोस्ट मिसन जनवरी १५, २०२५ मा स्पेसएक्सको रकेट फाल्कन ९ मार्फत अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो ।
यो अन्तरिक्ष मिसनले लगभग एक महिनासम्म पृथ्वीको परिक्रमा गरेपछि चन्द्रमामा अवतरण गरेको थियो । १६ दिनसम्म चन्द्रमाको कक्षमा बसेपछि, यो मार्च २ मा सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको थियो । फायरफ्लाइ एयरोस्पेस कम्पनीले एक विज्ञप्ति जारी गर्दै ब्लू घोस्ट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको जनाएको छ ।
यससँगै, फायरफ्लाइ एयरोस्पेस चन्द्रमामा अन्तरिक्ष यान अवतरण गर्ने पहिलो निजी कम्पनी बनेको छ । यो चन्द्रमाको अन्वेषणको दिशामा ठूलो कदम साबित हुनेछ । फायरफ्लाइ एयरोस्पेसले नासाको सहयोगमा यो अभियान सम्पन्न गरेको थियो ।
नासाले आफ्नो कमर्सियल लुनार पेलोड सर्भिसेज कार्यक्रमको एक हिस्सा, ब्लू घोस्ट मिसनसँग १० वटा पेलोड पठाउँदैछ । यस मिसनको उद्देश्य चन्द्रमाको वायुमण्डलको बारेमा महत्त्वपूर्ण जानकारी सङ्कलन गर्नु हो । ब्लू घोस्टले चन्द्रमाको भित्री भागमा तापको प्रवाहको अध्ययन गर्नेछ, जसले वैज्ञानिकहरूलाई चन्द्रमामा तापको उत्पत्ति निर्धारण गर्न मद्दत गर्नेछ । ब्लू घोस्ट मिसन लगभग १४ दिनसम्म चल्छ, जुन चन्द्रमामा एक दिन बिताउनु बराबर हो । फायरफ्लाइ एयरोस्पेसको यो सफल मिसनले चन्द्रमामा मानव पहुँच बढाउने प्रयासलाई बढावा दिनेछ ।
काठमाडौँ । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।
सीआईबीका प्रवक्ता खड्काका अनुसार पक्राउ पर्नेहरूमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् ।
जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) हुन् भने रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।
मुगु । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।
जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उनले नमानेको अस्पतालले जनाएको छ ।
चेकजाँच पछि सल्लेरी फर्केको तर सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए ।
उनका अनुसार भुवनमा मोटोपन थियो । दमको पनि दीर्घरोगी पनि हुनुहुँदो रैछ । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उनको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताए ।
आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।
भारतको दिल्ली राज्यको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई अप्रिल १ देखि इन्धन नदिने बताएको छ ।
दिल्लीका वातावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले त्यस्ता सवारी साधनहरू पहिचान गर्न र दिल्लीमा उनीहरूको प्रवेशमा प्रतिबन्ध लगाउन चाँडै नै अधिकारीहरूको टोली गठन गरिने बताउनु भयो ।
होटेल, व्यावसायिक परिसर र कार्यालयहरू सहित बहुतले भवनहरूमा वायु प्रदूषण नियन्त्रण गर्न एन्टी–स्मग गनहरू जडान गर्नुपर्ने बताउनु भयो । दिल्लीमा वायु प्रदूषण बढ्दो समस्याका रूपमा रहेको छ । नोभेम्बर २०२४ मा दिल्लीले ७९५ को वायु गुणस्तर सूचकाङ्क दर्ता गरेको छ ।