२०८१ चैत्र ९ गते शनिबार
२०८१ चैत्र ९ गते शनिबार

अमेरिकाबाट निष्कासित १० नेपाली काठमाडौं आइपुग्दै

अमेरिकाबाट निष्कासित भएका १० नेपाली आज अमेरिकी चार्टर विमानमार्फत काठमाडौं आइपुग्दै छन्। १० नेपालीलाई लिएर अमेरिकी चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने अध्यागमन विभागले जनाएको छ। 

नेपाल ओर्लिएपछि उनीहरूलाई अमेरिकाले अध्यागमन विभागको जिम्मा लगाउनेछ। नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानूनविपरीत काम गरेको आरोप छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि निकालिएका २७ नेपालीलाई अमेरिकाले यसअघि विभिन्न समयमा नेपाल ल्याइदिएकोे अध्यागमन विभागकी सूचना अधिकारी सीता परियारले जानकारी दिइन्, जसमा जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक  नेपाली फर्काइएका थिए । 

माघ ७ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउने क्रम जारी छ। तत्कालीन राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली विनाभिसा अमेरिका छिरेको अनुमान छ । बुधबार काठमाडौं आउने अमेरिकी जहाज बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्किने विमानस्थल कार्यालयले जनाएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।