२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

स्ववियु निर्वाचन : ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, कसले कति जिते ?

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेकामध्ये देशभरका ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

हालसम्म नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले ३२ स्थानमा स्ववियु अध्यक्ष निर्विरोध चयन भएको उक्त संगठनका सचिव सञ्जिव धितालले बताए ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा अध्यक्ष निर्विरोध भएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएको उपाध्यक्ष मदन ढकालले जानकारी गराए ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बाट निर्विरोध भएका क्याम्पस र अध्यक्षको नामावली सार्वजनिक गरेको छ । नेविससंघले भने निर्विरोध भएका क्याम्पसहरूको सूची मात्रै पठाएको छ ।

अनेरास्ववियुबाट कोशीमा चार, बागमतीमा आठ, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।

त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा ५ चैतमा हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ । सम्बन्धन प्राप्तमा कतिपय क्याम्पसमा भने स्ववियु निर्वाचन हुने गरेको छैन ।

स्ववियु निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

 

 

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।