
प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेका हुन्। जवाफमा राष्ट्रपति अब्देलले यो विषयमा आफ्नो प्रयास जारी रहने बताए।
इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गरे।
प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्त्वपूर्ण भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरे।
सगरमाथा संवाद कार्यक्रमका लागि निमन्त्रणा
प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति खालिललाई निमन्त्रणा गरे।
वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप–२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उनीसँग आग्रह गरे।
नेपाल सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादका क्रममा पहिलो शृंखलाको आयोजना गर्न लागेको हो।
संवादका क्रममा संयुक्त राष्ट्रसंघका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष तथा महिला खेलाडीहरूको नयाँ ग्रेडिङ गरेको छ । पुरुषतर्फ ३३ जना तथा महिलातर्फ १९ जना खेलाडी ग्रेडिङमा समेटिएका छन् ।
पुरुषतर्फ ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँच वटा समूहमा खेलाडीहरूलाई बाँडिएको छ । ए ग्रेडमा पाँच र बी ग्रेडमा पाँच खेलाडी छन् । यस्तै सीमा चार जना र डीमा १२ जना खेलाडी समेटिएको छ । इमर्जिङमा ७ जना परेका छन् ।
ए ग्रेडमा परेकाले एक लाख रुपैयाँ पाउने छन् । यस्तै बी, सी डीले क्रमशः ७० हजार, ५५ हजार र ३५ हजार मानसिक पारिश्रमिक पाउने क्यानले जनाएको छ इमर्जिङ खेलाडीलाई २५ हजार मासिक दिइनेछ ।
महिला तर्फ ए ग्रेडमा चार जना, बी ग्रेडमा एक जना सीमा दुईजना र डीमा १२ जना रहेका छन् । महिलामा इमिर्जिङ खेलाडीको सुची बनाइएको छैन ।
ए ग्रेडमा परेकाले ५० हजार, बीले ३५ हजार, सीले २५ हजार र डीले २० हजार मासिक पाउने छन् । पुरुष र महिला दुवैतर्फ अघिल्लो वर्षकै पारिश्रमिकलाई निरन्तरता दिइएको हो ।


काठमाडौँ । थापाथलीस्थित सडकमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको गाडी फसेको छ । गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेकामध्ये देशभरका ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
हालसम्म नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले ३२ स्थानमा स्ववियु अध्यक्ष निर्विरोध चयन भएको उक्त संगठनका सचिव सञ्जिव धितालले बताए ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ क्याम्पसमा अध्यक्ष निर्विरोध भएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध भएको उपाध्यक्ष मदन ढकालले जानकारी गराए ।
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।
अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बाट निर्विरोध भएका क्याम्पस र अध्यक्षको नामावली सार्वजनिक गरेको छ । नेविससंघले भने निर्विरोध भएका क्याम्पसहरूको सूची मात्रै पठाएको छ ।
अनेरास्ववियुबाट कोशीमा चार, बागमतीमा आठ, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।
त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा ५ चैतमा हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ । सम्बन्धन प्राप्तमा कतिपय क्याम्पसमा भने स्ववियु निर्वाचन हुने गरेको छैन ।
स्ववियु निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू-सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् निर्णय
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको कम्पनी टेस्लाबाट एउटा सुन्दर रातो रंगको कार किनेका छन् । ट्रम्पले हालै सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए । यसपछि, मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४–५ वटा गाडी पार्क गरिएका थिए, जसमा साइबर ट्रक पनि थियो । यी मध्ये ट्रम्पले आफ्नो लागि रातो कार रोजेका थिए ।
ट्रम्पले सरकारी दक्षता विभागका प्रमुख मस्कको प्रशंसा गर्दै उनलाई एक असल व्यक्ति र देशभक्त भनेका थिए । मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ’जब मैले मस्क र उनको कम्पनीलाई लक्षित गरिएको देखें, मैले टेस्ला कार किन्ने निर्णय गरें ।’ यो सार्वजनिक खरिद थियो र उनले राम्रो काम गरिरहेका छन् । डेमोक्रेट पार्टी र समर्थकहरुले अमेरिकामा टेस्ला बहिस्कारको अभियान चलाएपछि राष्ट्रपति ट्रम्प मस्कको समर्थनमा अगाडी आएका हुन् ।
ट्रम्पले टेस्ला कार यस्तो समयमा किनेका हुन्, जब टेस्लाको शेयरमा तीव्र गिरावट आइरहेको छ । राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई मस्कले गरेको खुला समर्थन र त्यसपछि सरकारी दक्षता विभागको प्रमुखको रूपमा मस्कले संघीय सरकारी खर्चमा ठूलो कटौती गरेको र ठूलो संख्यामा मानिसहरूलाई जागिरबाट निकालेको तरिकाले उनलाई आफ्ना आलोचकहरूको निशाना बनाएको छन् ।
ट्रम्पले मस्कलाई केही मानिसहरूले अन्याय गरिरहेको बताउदै मानिसहरूले मस्क देशभक्त भएको कारणले सजाय नदिन आग्रह गरेका थिए । हालैका दिनहरूमा धेरै टेस्ला कारहरू सार्वजनिक रूपमा सडकमा तोडफोड गरिएका थिए भने टेस्लाका शोरूम र चार्जिङ स्टेशनहरू पनि लक्षित गर्दै तोडफोड गरिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन् । उनले कांग्रेसका कुन नेताले हडपेको भन्ने चाहिँ खुलाएनन् ।
‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२-६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ’ उनले भने ।
यस्तै रास्वपाकै सांसद सुमना श्रेष्ठले कांग्रेसका नेताले सरकारी जग्गा कब्जामा लिएको आमगुनासो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। ‘काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको स्थानीयहरूको गुनासो र उजुरीका बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ । यसमा पनि ध्यनाकर्षण गराएँ,’ उनले भनिन् । रास्वपा सांसदले सार्वजनि जग्गा हडपेको आरोप लगाएपछि कांग्रेस सांसदहरुले संसद वैठकमा होहल्ला गरेका छन् ।
चन्द्रागिरिमा गएराति एकजनाले आत्मदाहको प्रयास गरेका छन्। उनको उद्धार गरी प्रहरीले अस्पताल पुर्याएको छ।
स्थानीय उत्तम कार्कीले गएराति साढे १२ बजेतिर फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आगो लगाएका थिए। यो घटना थाहा पाएपछि पुगेर उनलाई उद्धार गरी कीर्तिपुरको बर्न अस्पताल पुर्याएको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले बताए। उनको हात र अनुहारमा जलेको छ। स्वास्थ्य अवस्था सामान्य छ।
फेसबुक लाइभमा उनले एक युवतीले आफूलाई मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको र पारिवारिक सम्बन्ध बिथोलिएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए।
करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा एक हजार ३०० मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ। भन्सार कार्यालयको खुला गोदाममा थन्किएको ५० किलोका दुई हजार ६०० बोरा मल काम नलाग्ने अवस्थामा पुगेको छ।
कृषि सामग्री केन्द्र र आयातकर्ता बिच मूल्य यकिनमा विवाद हुँदा सो रासायनिक मल भन्सार कार्यालयमै रोकिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए। सिनोम्याक्सरसिल्क मार्केट र अर्को एक फर्मको जोइनभेन्चरमा चीनबाटमल आयात भएको थियो।
गत वर्ष पनि करिब डेढ वर्षसम्म त्यत्ति नै परिणामको मल थन्किएको थियो। आयातकर्ता र कृषि सामग्री केन्द्रबिच आपसी समझदारीमा मल राजधानी पठाइएको थियो तर यस पटक भने लामो समयसम्म केन्द्र र आयातकर्ताबिच विवाद नटुङ्गिएपछि मल थन्किएको छ।
आयातकर्ता र केन्द्रबिच मलको मूल्यको विषयलाई लिएर उच्च अदालतमा मुद्दा परेको थियो। अदालतले दुवैलाई मध्यमार्गी बाटो अपनाएर मलको विषय टुङ्गाउन आदेश दिएको छ। अदालतको आदेशबमोजिम केन्द्र र आयातकर्ताले समन्वयात्मक बाटोबाट समस्या समाधान गरेर मल राजधानी पठाउनुपर्ने छ तर अहिलेसम्म उनीहरू बिच समन्वयसमेत हुन सकेको छैन। त्यसकारण मल भन्सारकै गोदाम थन्किएको छ भने यत्ता कृषक मल अभावमा बालीमा प्रयोग गर्न पाएका छैनन्।
केन्द्रले सिनोम्याक्सरसिल्क मार्केट र अर्को एक फर्मलाई मल आयातका लागि ठेक्का दिएको थियो। तातोपानी भन्सारले मल जफत गरेर राजधानी पठाउन पनि सकेको छैन। जाँचपास गर्नेबाहेक भन्सार कार्यालयलाई जफत गर्ने अधिकार नदिएको भन्सार कार्यालयले जनाएको छ। गोरखापत्र दैनिकमा समाचार छ
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आलस्य गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनमा प्रगति हुने समय छ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ भइरहनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर पनि प्राप्त हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा कर्जामार्फत धन जुट्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ। पछिल्लाे समयका लागि केही वस्तु त्याग्नुपर्ला। बेलामा होस नपुर्याउँदा काममा अलि पछि परिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ। आयआर्जनका स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ। पहिले आलस्य गर्नाले काम सम्पादनमा भने धेरै समय लाग्न सक्छ। तापनि आम्दानी बढ्नाले आवश्यकता र सोख पूरा गर्न सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा गएको रकम हातलागी हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामाजिक काममा रुचि बढ्नेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। सहयाेगी फेला पर्नेछन्। रोकिएकाे काम बन्नेछ र नयाँ काम थालनी हुनेछ। भाग्योन्नतिको समय छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। किनमेलमा केही खर्च हुनेछ। मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।