हात्तीपाइले बिरुद्धको औषधि खुवाईदै

0
494

काठमाडौं, १७ चैत्र । सरकारले दोस्रो चरण अन्तरगत आज हात्तीपाइले बिरुद्धको औषधि खुवाउँदैछ । विभिन्न ५ जिल्लामा आज औषधी खुवाइनेछ । पहिलो चरणमा गत ५ गतेदेखि तीन दिन बिभिन्न २५ जिल्लामा औषधि खुवाएको सरकारले आज थप ५ जिल्लामा अभियान सञ्चालन गर्न लागेको हो ।

आजदेखि तीन दिन झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलबस्तुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यी जिल्लामा हात्तीपाईले संक्रमितको संख्या बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ । हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी महिलाले सेवान गर्न नहुने मन्त्रालयले जनाएको छ ।

 कपिलवस्तुमा पनि हात्तिपाइले विरुद्धको औषधी खुवाईदै
कपिलवस्तुमा हात्तिपाइले रोग विरुद्धको औषधी आज खुवाईदै छ । हात्तिपाइले रोग निवारणको राष्ट्रिय कार्यक्रम अन्र्तगत कपिलवस्तुमा आज औषधि खुवाउने कार्यक्रम रहेको छ । हात्तीपाइले रोग लागेपछि निको नहुने हँुदा सबैलाई औषधि सेवन गर्न जिल्ला स्वास्थ प्रमुख योगेन्द्रप्रसाद भगतले अनुरोध गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालयको गत बर्षको तथ्याङ्क अनुसार जिल्लामा १२ सय ६० जना हात्तिपाइले रोगका बिरामी रहेका छन् । यो सख्या बढ्न नदिन पनि सबैले औषधी सेवन गर्नु पर्ने भएकाले आज जिल्लाका ५ लाख ७७ हजार ८ सय ४२ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ प्रमुख भगतले बताउनुभयो ।