२०८३ मंसिर ७ गते आईतवार
२०८३ मंसिर ७ गते आईतवार

बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै उनीविरुद्ध पक्राउ अनुमति लिएको हो ।

सीआईबीका एक अधिकारीका अनुसार बैंकिङ कसुरको अनुसन्धानका क्रममा बानियाँको संलग्नता देखिएपछि पक्राउ अनुमति लिइएको हो ।

२०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ अहिले फरार रहेको प्रहरीले जनाएको छ । यसै प्रकरणमा उनका छोरा दिक्षान्त बानियाँलाई प्रहरीले गत कात्तिक १६ गते पक्राउ गरेको थियो । छोरामाथि भइरहेको अनुसन्धानका क्रममा पूर्वमुख्यमन्त्री बानियाँ पनि जोडिएका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रभु बैंकबाट लिइएको ३४ करोड रुपैयाँ ऋण बानियाँ बाबुछोराले दुरुपयोग गरेको आशंका गरिएको छ । ऋण जुन प्रयोजनका लागि लिइएको थियो, त्यसमा खर्च नगरी अन्यत्र लगानी तथा रकम अपचलन गरेको देखिएको सीआईबीका एक अधिकारीले बताएका छन् ।

बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा बैंकबाट उक्त ऋण निकासा भएको थियो । अनुसन्धानका क्रममा ऋणबापत प्राप्त रकम अन्य बैंक खातामा स्थानान्तरण गर्नुका साथै सेयर बजारमा समेत लगानी गरिएको पाइएको प्रहरीको भनाइ छ ।

बानियाँ निर्माण सेवा प्रालिका सञ्चालकसमेत रहेका पूर्वमुख्यमन्त्री बानियाँमाथि बैंकबाट लिइएको कर्जा तोकिएको प्रयोजनभन्दा बाहिर प्रयोग गरेको विषयमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।