नवलपरासी, १९ चैत्र । नवलपरासीको मध्यविन्दु नगरपालिका ७ स्थित ४० किलो जंगलमा भारतीय ट्रक र बस ठोक्किएर भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना यात्रु घाइते भएका छन । आज विहान साढे २ बजेतिरको समयमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ४ ख ४९९५ नम्बरको बस र सोहि दिशाबाट आउदै गरेको यु पि ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक ठोक्किएको हो ।
दुर्घटनामा परी बसमा सवार ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने भारतीय ट्रकका चालकको उद्धार गर्नेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृत्यु हुनेमा बसमा सवार दाङ्ग बस्ने १६ वर्षको बलीराम चौधरी, वर्ष १७ को विरवल चौधरी, सुर्खेत बस्ने ४० वर्षको हरिराम जालीमगर र भारतीय ट्रक चालक विहारको बर्गदवा बस्ने २५ वर्षको रियाज खान रहेको प्रहरीले जनाएको छ । एक जनाको नाम ठेगाना खुल्न सकेको छैन ।
घाइते ५ जनाको कावासोती– १६ को डण्डामा रहेको मध्यवित्न्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भैरहको र अवस्था मध्यम रहेको छ ।