२०८२ बैशाख ६ गते शनिबार
२०८२ बैशाख ६ गते शनिबार

२२ लाखको ‘भेप’ सहित ट्रक नियन्त्रण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट अबैध रूपमा सामान ल्याइरहेको ट्रक इलाका प्रहरी कार्यालय बाह्रबिसेले नियन्त्रणमा लिएको छ । गए राति ना ६ ख ५४९६ नम्बरको ट्रक शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरी नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएको भाटभोटेनी सुपरमार्केटको सामान र विद्युतिय सिगरेट (भेप) लाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त ट्रकलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको छ ।

ट्रकमा ५५ वटा विद्युतीय सिगरेट (भेप) का ठुला डब्बा, ३० वटा सानो डब्बागरी २२ लाख २० हजार रकम बराबरको ७ सय ४० थान भेप र ट्रकसहित चालक प्रविण खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा राखिएको सामान राजस्व कार्यालय हरिहर भवन पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।