२०८३ जेष्ठ ३१ गते आईतवार
२०८३ जेष्ठ ३१ गते आईतवार

सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने तयारी गरेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

तर कुलमानले मन्त्रिपरिषद्को निर्णयपत्र पाए लगत्तै अदालत जाने तयारी गरेका हुन् । असोजदेखि ऊर्जामन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध बिग्रिएको थियो । पछिल्लो पटक मन्त्री खड्काले आफू वा कुलमान रोज्नू भनेपछि घिसिङलाई हटाउन सरकार बाध्य भएको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का कुलमानसँग पहिलेदेखि नै असन्तुष्ट थिए ।

उनले कुलमानलाई हटाउन पाँचचोटि त स्पष्टीकरण नै सोधेका थिए। मन्त्री खड्काले कुलमानसँग स्पष्टीकरण लिन मन्त्रिपरिषदमै प्रस्ताव लगेका थिए । मन्त्रिपरिषद्ले सोधेपछि पनि कुलमानले स्पष्टीकरण बुझाएका थिए । उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।