२०८२ बैशाख ६ गते शनिबार
२०८२ बैशाख ६ गते शनिबार

सांसद शर्माको नेतृत्वमा सिन्धुपाल्चोकका ८८ बिरामीलाई निःशुल्क उपचार

काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको पहलमा फाल्गुन २५ गते सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी बिरामीहरूलाई विशेष उपचार सेवा प्रदान गरेको छ।

शिविरमा स्वास्थ्य परीक्षण गरिएका बिरामीहरूमध्ये ८८ जना गम्भीर अवस्थाका रहेका कारण थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको थियो।

डा. शर्माको नेतृत्वमा काठमाडौं मेडिकल कलेजले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ। यस अभियानले स्वास्थ्य सुविधाबाट बञ्चित गरिब तथा दुर्गम भेगका जनतालाई जीवनरक्षक उपचार प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

सांसद शर्माले नेपालका सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको छ। शिविरमा सम्भव नभएका गम्भीर अवस्थाका बिरामीहरूको उपचारका लागि उहाँले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आउनुभएको छ।

उहाँले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका नागरिकका लागि जुनसुकै पार्टीका भए पनि निःशुल्क क्याबिनको व्यवस्था गर्नुभएको छ। साथै, काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्दै आउनुभएको छ।

सांसद शर्मा प्रतिनिधिसभाका एक मात्र तलब-भत्ता नलिने सांसद हुनुहुन्छ। उहाँले आफ्नो जीवन समाजसेवा र मानव सेवाका लागि समर्पित गर्दै आउनुभएको छ। उहाँको यो महान कार्यले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरूलाई जीवनदान दिएको छ। यस्तो समाजसेवी पहलले लाखौं नेपालीलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।