२०८२ बैशाख ७ गते आईतवार
२०८२ बैशाख ७ गते आईतवार

निर्मल निवासमा दुर्गा प्रसाई र पूर्वराजा ज्ञानेन्द्रबीच गोप्य भेटवार्ता सुरु

अभियन्ता दुर्गा प्रसाई र पूर्वराजा ज्ञानेन्द्र शाहबीच निर्मल निवासमा गोप्य भेटवार्ता सुरु गरेका छन् । केहिबेर अघि प्रसाई निर्मल निवास प्रवेश छन् । उनको पूर्वराजासँग अर्थपूर्ण संवाद हुने जनाइएको छ।

यस भेटवार्तालाई राजनीतिक वृत्तमा गम्भीर चासोका साथ हेरिएको छ। प्रसाईले भोली (चैत्र १५) काठमाडौंको तीनकुनेमा जनविद्रोहको घोषणा सभा आयोजना गर्ने तयारी गरिरहेका छन्। यस्तो परिस्थितिमा पूर्वराजासँगको भेटवार्तालाई निकै गम्भीरतापूर्वक राजनितिक चासोका साथ हेरिएको छ ।

प्रसाईले यसअघि पनि संवैधानिक राजतन्त्र पुनःस्थापनाको माग गर्दै विभिन्न प्रदर्शन र सभा गर्दै आएका छन्। उनले लघुवित्त, सहकारी, बैंक तथा भ्रष्ट नेताहरूबाट पीडित नागरिकहरूको पक्षमा आफू लडिरहेको बताएका छन्। यसै क्रममा, २०८० मंसिर ७ गते उनले बल्खुमा ठूलो संख्यामा नागरिक उपस्थित गराई शक्ति प्रदर्शन गरेका थिए।

पछिल्लो समय राजसंस्था पुनःस्थापनाका पक्षधरहरू सक्रिय बन्दै गएका छन्। प्रसाईको नेतृत्वमा भइरहेको आन्दोलनलाई राजसंस्थाप्रति आशा राख्ने समूहले समर्थन गरेका छन् ।

भोलीको जनबिद्रोहमा राप्रपा, राप्रपा नेपाल, राष्टिय शक्ति नेपाल लगायत राजा र हिन्दु धर्मलाई मुल एजेन्डा बनाउदै आएका शक्तिहरुले समर्थन गरेका छन् । प्रसाईले लाखौं मानिस सडकमा आउने दाबी गरेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।