२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

राजावादी प्रदर्शन : हालसम्म ५१ जना पक्राउ

काठमाडौं । संघीय राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनमा संलग्नलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदर्शनमा संलग्न नेताहरु पक्राउ परेका हुन् ।

राजावादी अभियानमा संलग्न स्वागत नेपाल पक्राउ परेका छन् । उनलाई बागबजारस्थित आफ्नै ल फर्मबाट सादा पोशाकका प्रहरीले बेलुकी सवा नौ बजे पक्राउ गरेर लगेको पत्नी लोचना शर्माले जानकारी दिइन् । नेपाल हालै गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् । आन्दोलन अराजक भएको आरोपमा मुख्य नेताहरूलाई पक्राउ गरिएको छ । लोचनका अनुसार ल फर्ममा रहेको आफ्नै कार्यकक्षबाट स्वागतलाई प्रहरीले उठाएर टेकु पुर्‍याएको छ।

शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन् । शुक्रबारको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताएका छन् । काठमाडौं प्रहरीले यस प्रकारका ‘अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक’ गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याई कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।