
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रूपैयाँ जरिबाना तोकेको छ ।
महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो ।
महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।
महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश कुमार अर्यालसहित विभिन्न विभागका अधिकृतहरूले ज्ञानेन्द्र शाह निर्मल निवास, काठमाडौंका नाममा पत्र प्रेषितगर्दै ७ लाख ९३ हजार रूपैयाँ जरिवाना तोकेका हुन् ।
चलानी नम्वरहरू ४५५ देखि ४६२ रहेको पत्रमा नगर प्रहरी उपरीक्षक अर्यालसहित विभिन्न विभागका अधिकृतहरूले चैत्र १५ गतेका दिन काठमाडौं महानगरपालिका वडा नं ३२ तिनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको उल्लेख छ ।
महानगरपालिकाले निजी सम्पत्तिको क्षतिपूर्ति स्थानीय सरकारको क्षेत्राधिकारभित्र नभएकोले त्यस सम्बन्धमा कुनै निर्णय नभएको उल्लेख छ ।
शुक्रबार राजावादीहरूले साे क्षेत्रमा प्रदर्शन गरेका थिए । एकाएक हिँसक भएकाे प्रदर्शनमा दुइजनाकाे मृत्यु हुनुका साथै दर्जनाै घाइते भएका छन् । यस्तै ब्यक्तिगत र सरकारी सम्पत्तिमा ठुलाे क्षति भएकाे छ ।
पढाैं पत्र
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। साँझदेखि सरसापटमा सञ्चित धन बाहिरिने सम्भावना छ। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। साँझतिर व्यापारमा फाइदा हुनेछ। तर महत्त्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। साँझतिर सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले कर्मको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनसँग भेटघाट हुनेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजाेर बन्ने समय छ। उधाराे व्यापार गर्नुपर्ला। आँटेकाे यात्रा राेकिन सक्छ। काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा साँझतिर आंशिक लाभ उठाउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। साँझतिर व्यापारमा राम्रो फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। प्रियजनसँगको भेटघाटले साँझ रमाइलो रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रतिस्पर्धीहरूबाट पनि अलि जाेगिएर काम लिनुपर्ने समय छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहाेला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। साँझतिर केही हाेसियारपूर्वक काममा जुट्नुहाेला। अरूकाे समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ। परिणाम अध्ययन नगरी लिइएकाे निर्णयले समस्या पर्न सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन्, सजग रहनुहोला। मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ। साँझदेखि प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। प्रतिस्पर्धीहरू जाग्नेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि कामले पछि परिने समय छ। अरूका काम र भेटघाटमा अलमलिनुपर्ला। आफ्नो क्षेत्रमा अरूले प्रभुत्व जमाउन सक्छन्, सावधान रहनुहोला। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले आफ्ना कमजाेरीबाट लाभ उठाउने चेष्टा गर्नेछन्। अनावश्यक वस्तु किन्नाले खर्च बढ्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीहरूसँगको भेटघाटले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना प्रारम्भ गर्ने अवसर जुट्नेछ।
काठमाडौं । संघीय राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनमा संलग्नलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदर्शनमा संलग्न नेताहरु पक्राउ परेका हुन् ।
राजावादी अभियानमा संलग्न स्वागत नेपाल पक्राउ परेका छन् । उनलाई बागबजारस्थित आफ्नै ल फर्मबाट सादा पोशाकका प्रहरीले बेलुकी सवा नौ बजे पक्राउ गरेर लगेको पत्नी लोचना शर्माले जानकारी दिइन् । नेपाल हालै गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् । आन्दोलन अराजक भएको आरोपमा मुख्य नेताहरूलाई पक्राउ गरिएको छ । लोचनका अनुसार ल फर्ममा रहेको आफ्नै कार्यकक्षबाट स्वागतलाई प्रहरीले उठाएर टेकु पुर्याएको छ।
शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन् । शुक्रबारको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताएका छन् । काठमाडौं प्रहरीले यस प्रकारका ‘अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक’ गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याई कानुनअनुसार कारबाही गरिने जनाएको छ ।
काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।
रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज (शनिबार ) बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।
शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए ।