२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

पूर्वराजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको ‘सेट’ नै परिवर्तन

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पुरै टोली परिवर्तन गरेको छ । सशस्त्र प्रहरी बलका डीएसपी जगदीश हमाल नेतृत्वको टोली हटाइएको स्रोतले जानकारी दिएको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार, त्यहाँ अर्थात् पूर्वराजाको सुरक्षामा अर्का डीएसपी प्रमोदप्रकाश पाठकको नयाँ टोली परिचालन गरिएको छ । पूर्व विशिष्टलाई मापदण्डानुसार दिइने १६ जनाको टोली योपल्ट पठाइएको छ। विशेष गरी भीभीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनीहरूको निगरानीको सूचना संगठनलाई दिन छाडेपछि हेरफेर गर्नुपरेको उच्च सुरक्षा स्रोतले जानकारी दियो। ​

पूर्वराजाको सुरक्षामा यसअघिको सशस्त्रको टोली १६ जना भन्दा बढीको थियो । शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंस्रक भएपछि कतिपयले शाहलाई कारबाही गर्न माग गरेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।