जी सेभेन बैठक : सिरियाको रासायनिक हमला र अमेरिकी मिसाइल आक्रमण मुख्य एजेण्डा

0
681

एजेन्सी, २९ चैत्र । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा ब्रिटेनी प्रधानमन्त्री टेरिजा मेले गएको हप्ता सिरियामा भएको रासायनिक हमला तथा त्यसपछि सिरियामाथि अमेरिकाले गरेको मिसाइल हमलाबारे चर्चा गर्नु भएको छ ।

एक ब्रिटेनी अधिकारीकाअनुसार सिरियाका राष्ट्रपति बशर अल असदको साथ रुसले आफ्नो सम्बन्धबारेमा फेरि एक पटक सोँच्नेबारेमा नयाँ मौका भएको दुई नेताबीच छलफल भएको छ । सिरियामा गएको हप्ता भएको रासायनिक हमलापछि सिरियाली युद्धबारे एकीकृत दृष्टिकोण बनाउनका लागि जी सेभन राष्ट्रका विदेशमन्त्रीहरु इटलीमा दुई दिवसीय वैठकमा जुटेका छन् ।

बैठकमा लिबिया, इरान र युक्रेनप्रति अमेरिकाले गरिरहेको ब्यवहार र ती देशमा भइरहेको द्वन्द्वकाबारेमा पनि छलफल हुने बताइएको छ । वैठकमा सहभागी विदेशमन्त्रीहरुले रुसमाथि सिरियाली राष्ट्रपति बशर अल असदसँग दूरी बनाउनका लागि दबाब बढाउन चाहेका छन् ।

ब्रिटेनकी विदेशमन्त्री बोरिस जोन्सनले रुसी सेनामाथि सम्भावित प्रतिबन्धबारे पनि चर्चा हुने बताउनुभयो । सहयोगी राष्ट्रहरुले अमेरिकासँग सिरिया नीति स्पष्ट गर्न पनि माग गर्नेछन् ।  गएको हप्ता सिरियाको बिद्रोहीको नियन्त्रणमा रहेको खान सेखुन इलाकामा भएको रासायनिक हमलामा ८९ जना मारिएका थिए । त्यसको प्रतिवादस्वरुप अमेरिकाले सिरियामाथि मिसाइल आक्रमण गरेको थियो ।