२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

दुर्गा प्रसाईंले भने- म सिंह हुँ, नेपाल मै बसेर भाबी रणनीति तयार गर्दैछु

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू नेपालमै लुक्ने ठाउँ भेटेको बताएका हुन्।

शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं भारत पुगेको हल्ला फैलिएको थियो।

तर, उनले आफ्नो फेसबुकमार्फत नेपालमै लुकेर भावी रणनीति तयार गरिरहेको बताएका हुन्। प्रसाईंले आफूलाई ‘सिंह’ को संज्ञा दिँदै आगामी कदमको तयारीमा जुटेको उल्लेख गरे।

 उनले फेसबुकमा लेखेका छन् । शिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हटछ,अनि पुन:आक्रमण गर्छ!दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमीहरु को मलामि लिएर आउदैछ,भ्रष्टाचारि हो! मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु,भाबी रणनीति तयार गर्दैछु,तर तिमीहरू ले त्यो पनि पाउदैनौ, बुझिराख! जय रास्टवाद!!

तीनकुने प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेपछि प्रहरीले प्रसाईंको खोजी तीव्र पारेको छ। उनी भूमिगत बनेको चर्चाबिच उनको यो दाबीले थप तरङ्ग ल्याएको छ।

प्रहरीले उक्त घटनामा संलग्न अन्य व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ। प्रसाईंको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।