२०८२ बैशाख १७ गते बुधबार
२०८२ बैशाख १७ गते बुधबार

रेविका र दिनेशबारे प्रहरीले भन्याे- झुक्किएर गोली लाग्यो

काठमाडौं । चैत १५ गते काठमाडौं तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा घर फर्किदै गरेका विद्यार्थी रेविका खत्री र दिनेश खत्रीमाथि झुक्किएर गोली लागेको प्रहरीले बताएको छ ।

आज (बुधबार) नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, ‘भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजुमाथि परेको हो । उहाँहरूलाई झुक्किएर गोली लागेको हुनुपर्छ ।’

प्रहरी प्रवक्ता आचार्यले लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएका कारण स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हुन सक्ने स्पष्टीकरण दिएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।