
गत शुक्रबार राजावादी आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेकाहरुलाई दोस्रो पटक म्याद थप भएको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो ।
उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालतले जनाएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणा लगायतलाई म्याद थप गरेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।
काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन ५८ राउण्ड गोली चलाइएको र २० जना घाइते भएको प्रहरीले बताएको छ । प्रहरीको गोली लागेर कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो । तीनकुने नजिकै गोली लागेका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । उनको कुम नजिकै गोली लागेको अस्पतालले जानकारी दिएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै तीनकुने घटनामा प्रहरीको गोली लागेर घाइते भएका २० जनामध्ये ७ जना डिस्चार्ज भइसकेको बताए । १३ जना विभिन्न अस्पतालमा उपचाररत छन्।गोली लागेकामध्ये १८ जना पुरूष र २ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ । केन्द्रीय प्रहरी प्रवक्ताका अनुसार तीनकुने घटना नियन्त्रणमा लिन ७४६ सेल अश्रुग्यास प्रहार गरिएको थियो ।
१९८ राउन्ड ब्ल्यांक राउण्ड (गोली नभएको आवाजमात्रै निकाल्ने) चलाइएको थियो । त्यस्तै पेस्तोलबाट दुई राउन्ड गोली चलाइएको पनि प्रहरीले जानकारी दिएको छ । चैत १५ गते दुर्गा प्रसाईं जनकमाण्डर रहेको राजसंस्था पुनस्र्थापनाका लागि भन्दै भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । तीनकुनेमा आगजनी भएको घरमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए । उनको जलेर मृत्यु भएको पोस्टमर्टमले देखाएको छ ।
काठमाडौं । चैत १५ गते काठमाडौं तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा घर फर्किदै गरेका विद्यार्थी रेविका खत्री र दिनेश खत्रीमाथि झुक्किएर गोली लागेको प्रहरीले बताएको छ ।
आज (बुधबार) नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, ‘भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजुमाथि परेको हो । उहाँहरूलाई झुक्किएर गोली लागेको हुनुपर्छ ।’
प्रहरी प्रवक्ता आचार्यले लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएका कारण स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हुन सक्ने स्पष्टीकरण दिएका छन् ।
काठमाडौं । सरकारले काठमाडौंको तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही १० लाखका दरले आर्थिक सहयोग गर्ने भएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो । आन्दोलनका क्रममा घाइतेहरुको उपचार भइरहेको छ । आन्दोलनकारीले तोडफोड र आजगनी गर्दा ठूलो आर्थिक क्षति समेत पुगेको छ ।
काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक पहिचान भएको छ ।
प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको हो ।
प्रहरीका अनुसार उक्त सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ ।
गत चैत ४ गते राति ना७ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो ।
भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीको अहिलेसम्मको अनुसन्धाबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको एक अधिकृतले जानकारी दिए । पौडेललाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी भइसकेको छ ।
चालक लामाको बैंक खाताको विवरण हेर्दा अस्वभाविक कारोबार देखिएको प्रहरीले जनाएको छ । जसको सीडीआर विश्लेषणबाट पौडेलको मोबाइलमा अन्तिम पटक सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले उक्त व्यक्तिलाई पक्राउ गरेर जिम्मा लगाउन प्रहरीलाई पत्राचारसमेत गरेको छ ।
साथै, उनको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सीसीटीभी फुटेज र डिजिटल डिभाइसको विश्लेषण, उनको घर, कारोबार स्थल, गोदाम लगायतका ठाउँमा प्रहरीले खानतलासी पनि गरेको छ । सो क्रममा विभिन्न दशी बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त ट्रक ग्यारेज, पार्किङस्थल र विभिन्न गोदाममा समेत गएको देखिएको र खानतलासी पनि भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । शिक्षकहरूले काठमाडौँका विभिन्न स्थानबाट र्याली निकालेका छन् ।
काठमाडौँ । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका थिए । सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
दुवै देशका प्रधानमन्त्रीको समुपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुईवटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र थाइल्याण्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकी गरेका छन् ।
त्यस्तै परराष्ट्र मन्त्री डा देउवा र थाइल्याण्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिन् । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डका गैरसरकारी क्षेत्रहरूबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएको छन् ।
यसमा नेपाल नेत्र ज्योति संघ र थाइल्याण्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरेका छन् ।
त्यस्तै, जनता एग्रो एण्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्याण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई) र थाइल्याण्डको व्यापार बोर्डबीचको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा समझदारी भएको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्ड पर्यटन परिषदबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
संविधानविद् भीमार्जुन आचार्यले राजावादी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगमाथि प्रश्न उठाएर लेखेको एउटा स्ट्याटस फेसबुकबाटै केहीबेरमा ‘गायब’ भएको छ ।
उनले सरकारले राज्य आतंक मच्चाउँदा मिडिया, नागरिक समाजदेखि मानवअधिकार आयोगसम्म नराम्ररी चुकेको टिप्पणी गरेका थिए ।
तर, आफ्नो स्ट्याटस अहिले टाइमलाइनमा नदेख्दा आचार्य अचम्ममा परेका छन् ।
आचार्यको फेसबुक भेरिफाइड छैन । उनले अर्को स्ट्याटस लेख्दै ‘लोकतन्त्रको कार्यान्वयन सुरु भएको आशंका’ गरेका छन् ।
आचार्यले लेखेका छन्, मेरो भर्खरैको स्ट्याटस फेसबुकमा सिन छैन । लोकतन्त्रको कार्यान्वयन सुरु भए जस्तो छ ।’
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गते राजावादी आन्दोलनमा मारिएका सुरेश रजक र सविन महर्जनका परिवारलाई सहयोग गर्ने भएका छन् ।
पत्रकार सुरेश रजकका परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गरेका हुन् । घटनामा पत्रकार सुरेश रजक तिनकुने स्थित एक घरमा जलेर र कीर्तिपुरका स्थानीय सविन महर्जनको गोली लागेर उपचारको क्रममा मृत्यु भएको थियो ।
भाटभटेनी सुपरमार्केटले आन्दोलनको क्रममा भाटभटेनी तोडफोड र लुटपाट रोक्न बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । उनलाई आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।