सिरहा, ६ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–३ निपनियाँमा बुधबार बिहान आफैले चलाएको बसले च्याप्दा चालकको ज्यान गएको छ ।
काठमाडौंबाट काकडभिट्टाका लागि छुटेको ना ६ ख ४९७७ नम्बरको बस अनियन्त्रीत भई सातपत्रे पुलमा ठोकिएर पल्टिँदा बसले च्यापेर चालक चितवन नारायणगढका सोमलाल ढकालको ज्यान गएको हो ।
बस अनियन्त्रित भई पल्टिन लागेपछि चालक ढकाल हामफालेका थिए । तर बस ढकालमाथि नै पल्टिएको स्थानीयले हरिदेव साहले जानकारी दिनुभयो ।
दुर्घटनामा कोही यात्रु घाइते नभएको प्रहरीले जनाएको छ । ढकालको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लिगएको छ ।