सुर्यगढि गाउपालिका प्रमुखमा बिन्दा ढुङगाना र वडा नं.२ मा निरज अधिकारीको माहोल ।

0
613

बैशाख ८ नुवाकोट । बैशाख ३१ गते हुनलागेको स्थानिय निर्वाचनको समय नजिकिंदै जाँदा बिभिन्न राजनितीक दलहरुले उमेद्वार चयन गर्ने सुरु भएको छ । नुवाकोटको सुर्यगढि गाउपालीकामा नेकपा एमालेले उमेद्वार चयन प्रकृया अन्तीम चरणमा पुर्याएको छ । एमाले जिल्ला कार्यसमिती नुवाकोटले दिएको पछिल्लो जानकारी अनुसार सुर्यगढि गाउपालिका प्रमुखमा बिन्दा ढुङगानालाई आधिकारीक उमेद्वार बनाउने तयारी गरेको छ । प्रमुखमा घकुमार लामा र जित बहादुर घलेले पनि उमेद्वारी दिने मनस्थिती बनाए पनि स्थानिय तहमा लोकप्रियताको आधारमा ढुङगानालाई उमेद्धार बनाउँदा बिजय प्राप्त गर्न सहज हुने एमालेले योजना बनाएको छ । स्थानिय बिकास निर्माण र जनताका समस्या समाधानमा गर्दै ग्रामिण क्षेत्रमा दैनिक भोग्नु पर्ने समस्या समाधान गर्ने कार्यमा सक्रियता देखाएका कारण ढुङगानाको लोकप्रियता राम्रो रहेको पार्टीले ठहर गरेको छ ।
त्यसैगरि उपप्रमुखमा राजेन्द्र रिजालको नाम चर्चामा रहेको छ । रिजाल प्रमुख बन्ने सम्भावना हुंदा हुंदै पनि अग्रजलाई सम्मान गर्नु पर्छ भन्ने मान्यताका साथ उपप्रमुख बन्न तयार हुनुले उनमा त्यागको भावना रहेको देखिने एमालेले मुल्याङकन गरेको छ ।उपप्रमुखमा मुकुन्द आचार्य,परशुराम श्रेष्ठ,शान्ता थापा अधिकारी र जित बहादुर घलेले पनि आकांक्षा देखाएका छन् ।


त्यसैगरि सोही गाउँपालिका वडा नं.२को अध्यक्षमा निरज अधिकारीलाई टिकट दिने पार्टीले तयारी गरेको छ । आकांक्षीहरुमा डम्बर बहादुर लामिछाने,ज्ञान ब तामाङ र राज कपुर अधिकारी रहेका छन् । आकक्षीहरुको संख्या धेरै भए पनि स्थानिय तहमा गरेको योगदानको मुल्याङकनका आधारमा अधिकारीलाई टिकट दिने एमालेले तयारी गरेको हो । बिद्यार्थी जिवन देखि नै एमालेमा सक्रिय रहेका अधिकारी स्थानिय क्षेत्रमा लोकप्रिय नेताको रुपमा चिनिएका छन् । सुर्यगढि गाउंपालीकामा रहेका ५ वडा मध्ये वडा नं.२ एमालेको प्रभाव क्षेत्रको रुपमा रहेको छ ।