२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट दिइन् राजीनामा, यस्तो छ कारण

राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।

रास्वपा उच्च स्रोतका अनुसार, सहकारी ठगी अभियोगमा पार्टी सभापति रवि लामिछाने पुनः पक्राउ पर्नुअघि नै उनले राजीनामा दिएकी हुन् । यद्यपि, उनको राजीनामा स्वीकृत भइसकेको छैन । 

पुस्तान्तरण, एक व्यक्ति एक पद, पार्टी पुनःसंरचनालगायत माग पूरा नभएको भन्दै दिएको राजीनामा स्वीकृत गर्न सुमनाले अल्टिमेटम नै दिएकी थिइन् ।

२३ गते शनिबार चितवनमा हुने आमसभालाई ध्यानमा राखेर विज्ञप्ति पनि रोकियो र सुमनालाई पनि होल्ड हुन आग्रह गरिएको थियो । पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी सुमना पूर्वशिक्षामन्त्रीसमेत हुन् ।  मंसिर २०८० को जलेश्वर बैठकबाट उनी सहमहामन्त्रीमा नियुक्त भएकी थिइन् । 

उनी पार्टी नेतृत्वका पछिल्ला गतिविधिप्रतिसमेत असन्तुष्ट रहेको पनि बताइन्छ । खासगरी सभापति लामिछानेका कारण झेल्नुपरेको प्रश्नबाट उनीसहित केही नेताले आजित महसुस गरेका थिए । लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय भएयता उनी पार्टी गतिविधिमा देखिएकी छैनन् । १८ चैतमा धुमधामका साथ लामिछाने पार्टी कार्यालय प्रवेशसँगै भएको केन्द्रीय समिति बैठकमा सुमना सहभागी थिइनन् ।  तर, आफू असन्तुष्ट रहेको कुरा सुमनाले सार्वजनिक मञ्चहरूमा कतै भनेकी छैनन् । 

१९ चैतमा लामिछाने आफ्नो सांसद निलम्बन फुकुवा माग गर्दै सभामुखलाई ज्ञापन पत्र बुझाउन जाँदा पनि सुमना थिइनन् । 

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सुमनाले राजीनामा दिएको नभएर सकारात्मक सोचका साथ एक व्यक्ति एक पदको प्रस्ताव राखेको बताए । आफू विधायिकी भएकाले त्यही पदअनुसारको जिम्मेवारीमा केन्द्रित हुन सुमनाले सहमहामन्त्रीको जिम्मेवारी अरुलाई नै दिन प्रस्ताव गरेको झाको भनाइ छ ।

यसैबीच रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै छ । दिउँसो २ बजेपछि पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा सुमनाको राजीनामाबारे पनि छलफल हुने बताइएको छ । 

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।