
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । राजसंस्था पुनःस्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको मागसहित राप्रपाले यो प्रदर्शन गर्ने निर्णय गरेको हो ।
आज बसेको कार्यसम्पादन समिति वैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए। लिङदेनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा रहन तयार भएका छौं । राजेन्द्र लिङदेन थुनिन तयार छ ।’ राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको हो ।
बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बैठकले वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ।पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा लगायत चैत १५ को प्रदर्शनमा सहभागी बन्दीलाई रिहाई गर्न माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने र कानुनी एवं राजनीतिक लडाइँलाई निरन्तरता दिने पनि कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको राप्रपाले जानकारी दिएको छ ।
आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन आन्दोलन विशेष समिति बनाउने र आन्दोलन एवं संगठनका अभियान चलाएर सबै नेतालाई गाउँगाउँ र वडातहसम्म पुर्याउने निर्णय गरेको बैठकपछि अध्यक्ष राजेन्द्र अध्यक्ष लिङ्देनले जानकारी दिए । उनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने जानकारी दिए । राप्रपाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानूनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ ।
बाल यौन दुराचारको मुद्दामा रामबहादुर बम्जनले सफाइ पाएका छन् ।
काठमाडौं । गत १५ चैतमा तीनकुनेमा मानव अधिकारको गम्भीर उल्लंघन भएको संसदीय समितिले निष्कर्ष निकालेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहितका पदाधिकारीहरूसँग छलफल गरेको थियो ।
छलफलको निर्णय सार्वजनिक भएको छ । जहाँ १५ चैतमा राजावादी पक्षधरहरूले गरेको प्रदर्शनका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको लगायतका विषय समावेश छ ।
प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । कैयौं घाइते भए भने सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको थियो । सरकारी गाडी, व्यावसायिक प्रतिष्ठानमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
राजावादी प्रदर्शनकारीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय र जडिबुटी उद्योगमा आगजनी गरेका थिए । यस्तै, विभिन्न व्यक्तिका निजी सम्पत्तिमा क्षति पुर्याइएको थियो ।
सञ्चार माध्यम लगायतमा समेत आगजनी र तोडफोड जस्ता गतिविधि भएको भन्दै संसदीय समितिले यो नेपालको संविधानले प्रदान गरेको मानव अधिकार विरुद्ध रहेको भनेको हो ।
संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा २५ मा सम्पत्तिको हक छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लगायतका अन्तर्राष्ट्रिय कानूनहरूले प्रदान गरेको नागरिकको नैसर्गिक अधिकारमा समेत असर पुग्न गई मानव अधिकारको गम्भीर उल्लंघन भएको संसदीय समितिको निष्कर्ष छ ।
यो निष्कर्षसहित संसदीय समितिले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेको छ । साथै, प्रदर्शनमा भएको मानव अधिकार उल्लंघनको घटनाका दोषीउपर आवश्यक छानविन गरी कानुनी कारबाही गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गरेको छ ।
आगामी दिनमा सभा, विरोध, प्रदर्शन र धर्नाका लागि तीनकुने क्षेत्रमा अनुमति नदिन समेत संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौं । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई कारागार चलानको आदेश दिएको हो । योसँगै उनी कारागार चलान भएका छन् । यता २५ करोडको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलले फरार छन् ।
उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । दुवैलाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको थियो । उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ ।
गत ४ चैत राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीनतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो । भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
काठमाडौं । शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन्। शिक्षा ऐन माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ।
यसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ। नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन। काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ।
१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन बिहीबार पनि जारी राखेका हुन्। बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न बैशाख १२ गतेलाई संसद बैठक आह्वान गरे पनि शिक्षकले आन्दोलनलाई थप चर्काएका हुन्।
मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नेसमेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालकुमारी पुल क्षेत्रमा रहेका कवाड संकलन केन्द्रहरूमा डोजर चलाएको छ । नगर प्रहरी बलले एमाले पार्टी कार्यालय नजिक सञ्चालित यस्ता केन्द्रहरूलाई लक्षित गर्दै यो कारबाही गरेको हो ।
नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ। स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ।बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ । प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।
रास्वपा उच्च स्रोतका अनुसार, सहकारी ठगी अभियोगमा पार्टी सभापति रवि लामिछाने पुनः पक्राउ पर्नुअघि नै उनले राजीनामा दिएकी हुन् । यद्यपि, उनको राजीनामा स्वीकृत भइसकेको छैन ।
पुस्तान्तरण, एक व्यक्ति एक पद, पार्टी पुनःसंरचनालगायत माग पूरा नभएको भन्दै दिएको राजीनामा स्वीकृत गर्न सुमनाले अल्टिमेटम नै दिएकी थिइन् ।
२३ गते शनिबार चितवनमा हुने आमसभालाई ध्यानमा राखेर विज्ञप्ति पनि रोकियो र सुमनालाई पनि होल्ड हुन आग्रह गरिएको थियो । पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी सुमना पूर्वशिक्षामन्त्रीसमेत हुन् । मंसिर २०८० को जलेश्वर बैठकबाट उनी सहमहामन्त्रीमा नियुक्त भएकी थिइन् ।
उनी पार्टी नेतृत्वका पछिल्ला गतिविधिप्रतिसमेत असन्तुष्ट रहेको पनि बताइन्छ । खासगरी सभापति लामिछानेका कारण झेल्नुपरेको प्रश्नबाट उनीसहित केही नेताले आजित महसुस गरेका थिए । लामिछाने पार्टी राजनीतिमा पुनः सक्रिय भएयता उनी पार्टी गतिविधिमा देखिएकी छैनन् । १८ चैतमा धुमधामका साथ लामिछाने पार्टी कार्यालय प्रवेशसँगै भएको केन्द्रीय समिति बैठकमा सुमना सहभागी थिइनन् । तर, आफू असन्तुष्ट रहेको कुरा सुमनाले सार्वजनिक मञ्चहरूमा कतै भनेकी छैनन् ।
१९ चैतमा लामिछाने आफ्नो सांसद निलम्बन फुकुवा माग गर्दै सभामुखलाई ज्ञापन पत्र बुझाउन जाँदा पनि सुमना थिइनन् ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सुमनाले राजीनामा दिएको नभएर सकारात्मक सोचका साथ एक व्यक्ति एक पदको प्रस्ताव राखेको बताए । आफू विधायिकी भएकाले त्यही पदअनुसारको जिम्मेवारीमा केन्द्रित हुन सुमनाले सहमहामन्त्रीको जिम्मेवारी अरुलाई नै दिन प्रस्ताव गरेको झाको भनाइ छ ।
यसैबीच रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै छ । दिउँसो २ बजेपछि पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा सुमनाको राजीनामाबारे पनि छलफल हुने बताइएको छ ।
गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका-३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुर्व्यवहार भयो । माइतीघरमा बस्दै आएकी आनन्दीदेवी दुई वर्षिय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँडेकी थिइन् । बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कारको प्रयास गरे ।
त्यहाँबाट जसोतसो उम्केर पुनः माइतमै फर्किन त सफल भइन् उनी तर त्यस घटनाले बाँच्न भने दिएन । घटनाका दोषीमाथि कारबाहीको माग गरी किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौतारिइन् । चारैतिरबाट न्यायको आश मरेपछि अन्ततः मृत्यु नै अन्तिम विकल्प बनेर आयो । मङ्गलबार माइतीघरमै झुन्डिएको अवस्थामा उनी मृत फेला परिन् ।
‘घट्ना घटेको दिन आफूमाथि जबरजस्ती करणीको प्रयास भएको भन्दै रुँदै र कराउँदै घर आएकी थिइन्’, मृतककी भाउजू विनीतादेवी सदायले उक्त दिनको घटनाबारे भनिन्, ‘उनको कम्मरमुनि सुरुवालको भाग धुजाधुजा पारी च्यातिएको थियो । हातको पाखुरामा चोट लागेको थियो । जीउको विभिन्न भागमा दाँतले टोकेको स्पष्ट डोबहरू थिए ।’
आनन्दीदेवीलाई जबरजस्ती करणीको प्रयास गर्ने दुई व्यक्तिले सुरुमा पैसा दिन्छौँ भन्दै ललाइफकाइ प्रयाससमेत गरेको उनको भनाइ छ । ‘तीन हजार पैसा दिन्छौँ हामीसँग हिँड् भनेपछि नन्दले इन्कार गर्दै प्रतिकार गरेपछि श्यामले हातपात गर्दै घिसार्दै नजिकै रहेको परालको कुन्यूमा लगे, अर्का पीडक सञ्जीवले मोबाइलबाट भिडियो खिचे । नन्दले यो कुरा मलाई सुनाउनुभएको थियो । उहाँ प्रतिकार गर्दै त्यहाँबाट उम्केर जसोतसो नन्द घर आइपुग्नुभयो, त्यतिबेला दिउँसोको करिब १ बजेको हुँदो हो’, भाउजू विनीतादेवीले भनिन् ।
प्रहरीद्वारा जाहेरी दर्ता गर्न आलटाल
घटना भएको दिन आनन्ददेवीका श्रीमान् उमेश सदाय ससुराली घरमै थिए । श्रीमतीमाथि घटना घटिसकेपछि सोही दिन अर्थात् पुस ९ गते श्रीमान्सहित आनन्दीदेवीले महेशपुरस्थित पतारी प्रहरी चौकीमा आफूमाथि जबरजस्ती करणीको प्रयास भएको भन्दै किटानी जाहेरी दिएका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरेको मृतक आनन्दीदेवीका श्रीमान् उमेशले बताए ।
उनले भने, ‘प्रहरीले सुरुमा जाहेरी दर्ता गर्ने र पीडकमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको थियो । यसको लामो समयसम्म प्रहरीबाट घटना सम्बन्धमा कुनै प्रतिक्रिया आएन ।
माघ ४ गते मात्रै प्रहरीले उक्त जाहेरी दर्ता भएको भन्दै एउटा कागजमा दर्ता नम्बरसहितको चिट दियो। फेरि त्यसको भोलिपल्ट पुनः कार्यालयमा बोलाएर उक्त दर्ता नम्बरको कागज हाम्रै सामुन्नेमा प्रहरी च्यातिदियो ।’
यही क्रममा अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर मानवअधिकारकर्मीहरूको समूहले मार्च ६ तारिखका दिन नवराजपुरमा एक सार्वजनिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा आफ्नो पीडा सुनाउन आनन्दीदेवी र उनकी आमा बिलटौनदेवी सदाय उपस्थित भए।
महेशपुर पतारी प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रबिन मैनालीसमेत उपस्थित उक्त कार्यक्रममा पीडित आनन्दीदेवीले प्रहरीले आफूमाथि भएको घटनाको जाहेरी दर्तासमेत नगरेकोे बताएको मानवअधिकारकर्मी मुक्ति नेपालका अध्यक्ष देवकुमारी महराले जानकारी दिइन् । त्यसपछि जिल्लास्थित मानवअधिकारकर्मीको संयुक्त टोलीले घटनासम्बन्धमा चासो राखी प्रहरीलाई दबाब दिएपछि मात्रै जाहेरी दर्ता भएको उनको भनाइ छ ।
महराले भनिन्, ‘घटनाबारे जानकारी पाउनासाथ हामीले तत्कालै प्रहरी निरीक्षक मैनालीलाई के कति कारणले जाहेरी दर्ता नभएको भनी प्रश्न गर्यौँ । उहाँले तत्कालीन जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितको ठाडो आदेशका कारण आफूले जाहेरी दर्ता नगरेको जवाफ दिनुभयो । त्यसपछि हामीले जिल्ला प्रहरीमा दबाब सिर्जना गरेका कारण भोलिपल्ट जाहेरी दर्ता त भयो तर कुनै पनि अनुसन्धान प्रक्रिया अघि बढेन, जुन खेदजनक र निन्दनीय छ ।’
घटना सार्वजनिक भइसकेको, पीडितले न्यायका लागि गुहारिसकेको अवस्था पनि प्रहरी प्रशासनले त्यसलाई गम्भीर रूपमा नदिएकाले ज्यान गुमाउन बाध्य हुनुपरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल सिरहाका प्रतिनिधि दुर्गा परियार बताउँछिन् ।
मानवअधिकारकर्मीको तीव्र दबाबका बीच पीडितलाई न्याय दिलाउन प्रहरीले उदासीनता देखाएको भए यस्तो अवस्था नआउने उनको बुझाइ छ । ‘पीडकहरू खुलेआम हिँड्डुल गर्दा पनि पक्राउ नपर्नुले र पीडितलाई न्यायको अनुभूति दिलाउन नसक्दा अप्रिय घटना घट्यो । यसको जवाफदेहिता अब कसले लिन्छ?’, परियारले प्रश्न गरिन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले गत फागुन २५ गते उक्त घटना सम्बन्धमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जानकारी दिए ।
किटानी जाहेरी दिएको ७५ दिनपछि मात्रै मुद्दा दर्ता भएको देखिएको र यो घटना आफू जिल्लामा आउनुअघिको भएकाले किन त्यसो भएको हो भनेर बुझ्नुपर्ने उनको भनाइ छ ।
‘गत फागुन २५ गते यस घटना सम्बन्धमा पीडितका तर्फबाट जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको रहेछ । पीडकहरुरू फरार छन् । पीडितमाथि यौन दुर्व्यवहारपश्चात् प्रहरीले मेडिकल जाँच र जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम समयमै गरेको पाइन्छ । हामी अनुसन्धानकै क्रममा छौँ । बुधबार पीडित परिवारलाई भेटेर जानकारीसमेत लिएका छौँ’, प्रहरी उपरीक्षक शर्माले भने ।
घटना मिलापत्रको प्रयास
कानुनअनुसा यस्तो घटनालाई मिलाउन पञ्चायती बस्न वा गाउँमै मिलापत्र गर्न मिल्दैन तर घटना मिलापत्र गर्न भन्दै पीडितलाई दबाब आएको परिवारले जनाएको छ ।
‘प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेकै बेला घटनामा संलग्न व्यक्तिका आफन्त आएर रु एक लाख दिने र गाउँघरको घटना गाउँमै मिलाउनुपर्छ, बाहिर लैजानु हुँदैन भन्दै दबाब दिए । गरिबको पनि इज्जत हुन्छ । हामीलाई न्याय चाहिन्छ, पैसा होइन भन्ने जवाफ दियौँ तर न्याय पाइएन’ भावुक हुँदै मृतककी भाउजू बिनीतादेवीले भनिन् ।
कानुन बुझेका शिक्षक र कानुनको पालना गराउने र न्याय दिलाउने जिम्मेपवारीमा रहेका केह्री प्रहरी अधिकारीले पनि मिलापत्रका लागि दबाद दिएको परिवारको आरोप छ ।
मृतककी आमा बिलटौनदेवी सदायले भनिन्, ‘कानुनको कार्यान्वयन गर्ने व्यक्ति र निकायबाटै छोरीमाथि घोर ज्यादती भएको छ । यस्तो ज्यादती गर्ने र पैसा नभएको व्यक्ति मुद्दा नलड्न भन्दै मिलापत्र गर्न उक्साउनेमाथि पनि अनुसन्धान हुनुपर्छ ।’
यस्तै वडा नं ३ का अध्यक्ष वंशीलाल यादवले घटनामा जिम्मेवार निकायबाटै कमजोरी भएकाले पीडितले ज्यान गुमाउनु परेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरे ।
गृहमन्त्रीद्वारा घटनाको सूक्ष्म छानबिन गर्न निर्देशनपछि प्रहरी सक्रिय
पीडित आनन्दीदेवी मङ्गलबार झुन्डिएर मृत फेला परेपछि घटनाको सूक्ष्म रूपमा छानबिन गर्र्न गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।
उनले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यस घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।