२०८३ बैशाख २८ गते सोमबार
२०८३ बैशाख २८ गते सोमबार

आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल

सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।

सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् । आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबीच माइतीघरमा धकेलाधकेल भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालय जान लागेका आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबीच धकेलाधकेल भएको हो ।

विगत २९ दिनदेखि आन्दोलन गर्दै आइरहेका उनीहरु आज स्वास्थ्य मन्त्रालय जान लागेका थिए। तर प्रहरीले भने उनीहरुलाई रोकेको छ । न्यूनतम पारिश्रमिक माग गर्दै २९ दिनदेखि आवासीय चिकित्सकहरू आन्दोलन गर्दै आइरहेका छन् । चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् । उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् । उनीहरू भन्छन्, ‘यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।’ आवासीय चिकित्सकहरु सेवा सुविधाको माग गर्दै २८ दिनदेखि प्रदर्शनमा छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।