५० वटा संशोधन प्रस्ताव दर्ता

0
716

काठमाडौं, १७ बैशाख । संसदमा सरकारले पेश गरेको संविधान संशोधन विधेयक माथि ५० वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । विधेयक असफल पार्ने कसरतमा रहेको प्रमुख प्रतिपक्षी दल एमालेले पनि विपक्षी नौ दलीय गठबन्धनसँग मिलेर सबै बुँदामा संशोधन हालेको छ ।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा विभिन्न साना दलले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट संशोधन प्रस्ताव हाल्ने भनिए पनि दर्ता नभएको बताइएको छ । संशोधन विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले अस्ति सर्वदलीय बैठक बोलाउनु भएको थियो भने हिजो बिहान कांग्रेस सभापति देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट गुग्नु भएको थियो ।

सरकारले आज नै संसदमा दफावार छलफल गराएर संसोधन प्रस्ताव पारित गर्ने मनस्थिति बनाएको छ भने, एमालेले संसोधन विधेयक माथि परेका संशोधन प्रस्तावलाई समितिमा पठाएर टुंग्याउनुपर्ने बताइरहेको छ ।