बाबुराम र उपेन्द्र यादव नेतृत्व दलको संयुक्त उम्मेदवारी दर्ता

0
510

काठमाडौं, १९ वैशाख । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका लागि संयुक्त उम्मेदवारी दर्ता गरेका छन् ।

नयाँ शक्ति र फोरमको तर्फबाट काठमाडौं मेयरमा पवित्रा बज्राचार्य र उपमेयरमा सविना अर्यालले उम्मेदवारी दिएकी हुन् । उक्त दुई पार्टी एकीकरणको चरणमा रहेका बेला ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

हालसम्म काठमाडौंको मेयरमा १३ जना र उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ ।